छुरिम शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
छुरिम शेर्पा
जन्मसन् १९८४
लेलेप- ९ ताप्लेजुङ नेपाल
राष्ट्रियतानेपाली
अन्य नामछुरिम
पेशापर्वतारोही
चिनारीको कारणएकै हप्तामा दुई पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला।

छुरिम शेर्पा कीर्तिमानी पर्वतारोही हुन्। उनले एक साताभित्र दुई पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी हुन्। छुरिमले वि.सं. २०६९ वैशाख ३० र जेठ ६ गते (सन् २०१२ मे १२ र १९) गरी दुई पटक सगरमाथा शिखर (८ हजार ८ सय ४८ मिटर)मा पाइला टेकेकी हुन्।

सगरमाथा शिखरमा पुग्ने उनी २१ औँ नेपाली महिला हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनी ताप्लेजुङको घुन्सा-१, लेलेपमा जन्मेकी हुन्। उनी डुन्डु शेर्पा र लाटेन शेर्पाकी काहिँली छोरी हुन्। पाँच दिदीबहिनी र तीन दाजुभाइसँगै हुर्केकी उनले आठ कक्षासम्म पढेकी छन्।

सम्मान[सम्पादन गर्नुहोस्]

एक सातामा दुई आरोहणका लागि उनलाई गिनिज बुकमा दर्ता गरिएको छ। शेर्पालाई फेब्रुअरी २५मा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण-पत्र काठमाडौंमा प्रदान गरियो। त्यस्तै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान दियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]