कन्ट्याक्ट लेन्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक जोडी कन्ट्याक्ट लेन्सहरू. आँखालाई छुने भाग माथि पारिएको छ.
कन्ट्याक्ट लेन्सहरू आँखामा लगाउने र निकाल्ने प्रक्रिया.
हल्का निलो, एक पटक मात्र प्रयोग गर्न मिल्ने कन्ट्याक्ट लेन्सहरू

कन्ट्याक्ट लेन्स आँखाको अघिल्लो भाग माथि सिधै राखिने पारादर्शी र चाहिएको मात्रामा आँखाको देख्ने शक्ति सुधार्ने साधन हो। हेर्न मद्दत गर्नका साथै आँखाको नानीको रङ्ग इछानुसार अर्कै देखाउन पनि यसको प्रयोग गरिन्छ। एक पटक मात्र प्रयोग गर्न मिल्ने र जतन गरी राखेर फेरी प्रयोग गर्न मिल्ने गरी दुई प्रकारका कन्ट्याक्ट लेन्स बजारमा पाइन्छन। सामान्यता लेन्सहरू पारदर्शी प्लास्टिकजन्य पदार्थबाट बनेका हुन्छन । चश्मा लगाउँदा असहज अनुभव गर्ने खेलाडी, कलाकार लगायत जसकसैले पनि आँखाको गोलाइ अनुसार सिफारिस गरिएको यस्तो लेन्स प्रयोग गर्न सक्छन[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.nagariknews.com/news-highlights/139-highlights/56234-2013-04-08-03-49-18.html