अग्राधिकार सेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अग्राधिकार शेयरबाट अनुप्रेषित)


परिभाषा[सम्पादन गर्नुहोस्]

संस्थाले निष्काशन गरेको सेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने सेयरलाई अग्राधिकार सेयर (अङ्ग्रेजी: Preference Share) भनिन्छ ।[१] अग्राधिकार सेयरमा सेयरपुँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार सेयर निष्काशन गर्दा कम्पनी ऐन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरी गर्नु पर्ने हुन्छ भने यो समुहको सेयरहरूले साधारण सेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।

अग्राधिकार सेयर संस्थाको पूँजिको रूपमा रहने भएता पनि यसको सेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुदैछ तर यसमा निश्चित दरमा लाभांस प्राप्त गर्ने अधिकार यस प्रकारको सेयरधनीलाई हुन्छ ।

अग्राधिकार सेयरको प्रकार[सम्पादन गर्नुहोस्]

  • साधारण सेयरमा परिणत हुने अग्राधिकार सेयर
  • प्रतिफल जम्मा हुने अग्राधिकार सेयर
  • प्रतिफल जम्मा नहुने अग्राधिकार सेयर
  • विनिमय गर्नु मिल्ने अग्राधिकार सेयर
  • अनन्तकाल सम्म रहने अग्राधिकार सेयर


अग्राधिकार सेयरको विशेषताहरु[सम्पादन गर्नुहोस्]

  • साधारण सेयर भन्दा पहिला लाभांश प्राप्त गर्ने अधिकार
  • संस्था विघटनको अवस्थामा सम्पत्ति माथि पहिलो अधिकार
  • साधारण सेयरमा परिणत गर्न मिल्ने
  • संस्थाको साधारण सभामा मत हाल्ने अधिकार नहुने
  • संस्थाले माग गर्न सक्ने

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. कम्पनी ऐेन, २०६३