बोया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोया
बोया
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लाभोजपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा४१०७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

बोया नेपालको कोशी अञ्चलको भोजपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ८१६ वटा घर छन्।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २००१को जनगणना अनुसार बोयाको जनसङ्ख्या ४०६५ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। .बोया गाविस:

२९.८८ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको बोया गाविसको सुन्दरता आफ्नै ठाउँमा रहेको पाइन्छ । यस गाविसमा ८१६ घरधुरी रहेका छन् भने ४,०६५ जनसङ्ख्या रहेको छ । भोजपुर सदरमुकामदेखि करिब सात कोष उत्तरमा रहेको बोया गाविसमा राई, क्षेत्री, बाहुन, नेवार, तामाङ, आदि जातिको बसोवास रहेको पाइन्छ भने किरात राई साम्पाङ रेप्सुना भाषामा ‘बुक्तामु’ अर्थात् उकालो ठाडोको अर्थबाट बोया रहन गएको भन्ने भनाइ स्थानीय बासिन्दाको रहेको देखिन्छ । अर्को अर्थमा तामाङ भाषामा बयर लाई बोयार र नेवार भाषामा बोक्नेको अर्थ बुयेको अपभ्रंश नै बोया हो भन्ने गरिएको पाइन्छ । यस गाविसमा खेती योग्य जमीन ४०% प्रतिशत रहेको छ भने धान, कोदो, मकै आदि अनाज तथा तरकारी, फलफूल पनि उत्पादन हुने गरेको देखिन्छ । यहाँ १ मावि, र ७ प्रावि स्कूल संचालनमा रहेको पाइन्छ । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति
  2. bhojpur.org/index.php/२०१२-०१-०८-१३-३१-३१