विस्तृत शान्ति सम्झौता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल सरकारनेकपा माओवादीले वि.सं. २०६३ मंसिर ५ गते , दश वर्षभन्दा लामो नेपाली गृहयुद्लाई अन्त्य गरेको घोषणा गर्दै हस्ताक्षर गरेको सम्झौता पत्र हो "बिस्तृत शान्ति सम्झौता "[१][२][३][४] उक्त सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले पत्रमा हस्ताक्षर गरेका थिए। यस सम्झौताले ने.क.पा. (माओवादी) लाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागि हुन बाटो खुलेको थियो ।

महत्त्वपूर्ण बुँदाहरू[सम्पादन गर्नुहोस्]

  • शशस्त्र लडाईँको औपचारिक अन्त्यको घोषणा
  • माओवादी सेना र हतियारको र त्यसैगरी नेपाली सेनाको हतीयारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन
  • माओवादीद्वारा कब्जा गरीएका सम्पूर्ण सम्पति फिर्ता
  • मानव अधिकर र अन्तराष्ट्रिय मानबधिकर सम्बन्धी कानुनहरूको पूर्ण पालना
  • राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य
  • उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन
  • माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनस्र्थापना
  • युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना
  • हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]