दीनानाथ शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीनानाथ शर्मा
शिक्षा मन्त्री
पदभार ग्रहण
२०६८ कार्तिक २२(11 October 2011)
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीबाबुराम भट्टराई
उपराष्ट्रपतिपरमानन्द झा
उतराधिकारीगङ्गालाल तुलाधर
प्रवक्ता, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
व्यक्तिगत विवरण
जन्म(१९४५-०७-१९)१९ जुलाई १९४५
बाग्लुङ जिल्ला, अमलाचौर-७, गहतेरा
राजनीतिक दलएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
जीवन साथीसरला शर्मा
सन्तान(हरू)राजन पौडेल
साजन पौडेल
शान्ता पौडेल
सारदा पौडेल
कल्पना पौडेल

दीनानाथ शर्मा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् तथाएकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय सदस्य तथा प्रवक्ता पनि हुनुहुन्छ। शर्मा ०२३ देखि वाम राजनीतिमा लाग्नुभएको थियो। लामो सयमसम्म मोहनविक्रम सिंहको मसालमा रहनुभएका शर्मा मसालको प्रवक्ताको रूपमा पनि लामो समयसम्म काम गर्नुभयो। ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिनुभएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताउनुभएको थियो। दीनानाथ शर्मा जनयुद्धको उत्कर्षतिर मोहनविक्रम सिंहलाई छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो। लामो समयसम्म माओवादीको प्रवासमा काम गर्नुभएका शर्मा अन्तरिम व्यवस्थापिकामा माओवादी दलको प्रमुख सचेतक हुनुभएको थियो। १८ वर्षसम्म शिक्षण पेशा गर्नुभएका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री हुनुभयो।

बाग्लुङ जिल्ला, अमलाचौर-७, गहतेरा भन्ने गाउँमा विक्रम सम्बत् २००३ साल साउन ४ गते शुक्रबार (१९ जुलाई १९४६) शशिधर र यशोदा पाध्याको छोराको रूपमा निम्न मध्यम वर्गीय परिवारमा जन्मनुभएका शर्माले औपचारिकरूपमा कला र शिक्षाशास्त्रबाट स्नातक हुनुहुन्छ। दुई छोरा र ३ छोरी छन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]