पालक पनिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • पालक पनिर बनाउन आवश्यक सामग्री :
    • पिंधेको पालुङ्गो दुई सय ग्राम
    • पनिर सय ग्राम सानो टुक्रा पारेको
    • शुद्ध तोरी तेल ५० मिलि लिटर
    • जिरा र धनियाको ताजा पेष्ट डेड चिया चम्चा
    • अदुवा आधा चम्चा सानो टुक्रा पारेको
    • जिराको दाना एक चिम्टी
    • वटर एक चम्चा
    • क्रिम एक चम्चा
  • बनाउने बिधि :
    • पालुङ्गोलाई राम्ररी सफा गरी उसिनेर ब्लेन्डर वा खल पिस्ने। पनिरको टुक्रा तेलमा तारेर झिक्ने।
    • तेल तताउने, जिराको दाना पड्काउने, लसन अदुवा हरियो खुर्सानी त्यसैमा फ्राई गर्ने। सुनौलो भएपछि पालुंगो ओइरिएर चलाउने। अब पनिर बटर नुन मसला राखेर राम्ररी चलाउने।
    • झिकेर भाडोमा राख्ने। माथिबाट क्रिम छर्ने र सानो सानो टमाटरको टुक्रा राख्दा राम्रो देखिन्छ। यो बच्चा, वृद्ध र बिरामीका लागि बनाउँदा चिल्लो, मसला, खुर्सानी र पनिर कम गर्न सकिन्छ|
  • बैज्ञानिकका अनुसार सय ग्राम पालुङ्गोमा पाइने पोषक तत्त्व :
    • प्रोटिन २.० ग्राम फलाम १०.९ मि.ग्राम
    • रेसा ०.६ ग्राम भिटामिन "सी" २८ मि.ग्राम
    • फसफोरस २१ मि.ग्रा. खनिज पदार्थ १.७ ग्राम
    • भिटामिन "बी" ०.०३ मि.ग्रा. क्याल्सियम ७३ मि.ग्राम
    • चिल्लो पदार्थ ०.७ ग्राम भिटामिन ए ९,३०० मि.ग्राम
    • कार्वोहाइडे्रड २.९ ग्राम क्यालोरी २६ ग्राम