विनिर्माणवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शव्दार्थ[सम्पादन गर्नुहोस्]

विनिर्माण शब्द अङ्ग्रेजी en:deconstructionको नेपाली रूपान्तर हो। यससँग सम्बद्ध अन्य शब्द विनिर्माणवाद (deconstructionism) र विनिर्माणवादी (deconstructionist) हुन्। नेपालीमा विनिर्माणवादलाई विसंरचनावाद, विरचनावाद, विसङ्घटनावाद, विनिर्मितिवाद आदि पनि भनिएको पाइन्छ।

परिचय[सम्पादन गर्नुहोस्]

विनिर्माण शब्दका निर्माता तथा प्रयोक्ता प्रसिद्ध फ्रान्सेली चिन्तक, दार्शनिक तथा भाषाविज्ञानी जाक डेरिडा (१९३०) हुन्। खासगरी साहित्यिक कृति वा पाठको पठन तथा सामान्यतः समालोचनाको नयाँ सिद्धान्तलाई जन्म दिँदै उनले नै यसको नामकरण विनिर्माणवाद गरेका हुन्। सन् १९६६मा जोन हप्किन्स विश्वविद्यालयमा आयोजित संरचनावादसम्बन्धी कार्यशाला गोष्ठीमा डेरिडाले Structure, Sign and Play in the Discourse of the Human Sciences शीर्षक कार्यपत्रमा संरचनावादको आलोचना गरी उत्तरसंरचनावादको थालनीका साथै विनिर्माणवादसम्बन्धी नयाँ सिद्धान्तको स्थापना गरेका हुन्। विनिर्माणसम्बन्धी धारणालाई सन् १९६७मा प्रकाशित Of Grammatology, Speech and Phenomena, Writing and Difference नामक तीन पुस्तकहरूमा डेरिडाले संरचनावादको आलोचना तथा विनिर्माणवादको व्याख्या गरी समालोचनाको नयाँ आन्दोलनका रूपमा विनिर्माणवादको प्रारम्भ र विकास गरेका हुन्। यसपछि उनको यस सिद्धान्तलाई विभिन्न विद्वान्हरूले ग्रहण गर्दै गएपछि यो युरोप तथा अमेरिकामा पैmलिँदै विश्वव्यापी हुन पुगेको छ।

विकाश[सम्पादन गर्नुहोस्]

विनिर्माणवादी चिन्तन एवं समालोचनाको विकास निम्नलिखित तीन चरणहरूमा भएको छ :

(१) पहिलो चरण (१९६६–१९७८) : स्थापनाकाल— यस अवधिमा विनिर्माणवादी सिद्धान्तको प्रवर्तन र व्याख्या गरी यसलाई संस्थागत रूप प्रदान गरिएको छ।

(२) दोस्रो चरण (१९७८–१९८२) : उत्कर्षकाल— यस अवधिमा थप छलफल, व्याख्या, स्पष्टीकरण तथा टिप्पणी गरी विनिर्माणवादसम्बन्धी अनेक ग्रन्थहरू प्रकाशित गरिएको छ।

(३) अन्तिम चरण (१९८२– पछि) : विस्तारकाल तथा ह्रास— यस अवधिमा राजनीतिक, धार्मिक, मनोवैज्ञानिक, माक्र्सवादी, नारीवादी आदि विचारधाराहरूमा सम्पर्क विस्तार भएको छ।

साराशं[सम्पादन गर्नुहोस्]

आप्mनै जटिलता, अतिवादिता तथा अन्य नवीन सिद्धान्तको प्रादुर्भावका कारण विनिर्माणवाद सन् १९८० पछि नै ह्रासोन्मुखी भएको मानिन्छ। विनिर्माणवादलाई कसैले अत्यन्त नवीन र व्रmान्तिकारी सिद्धान्त भनेका छन् भने कसैले जटिल, अर्थहीन, आतङ्कवादी, भयावह एवं छिन्नभिन्नकारी सिद्धान्तका रूपमा लिएका छन्।

  • id=२१८० विनिर्माणवादको सैद्धान्तिक स्वरूप