जलवियोजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू

जलवियोजन भन्नाले मानव शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ। विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुनपोषक तत्त्वहरू खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ। जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ। यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी तथा लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ। मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]