बाबरी मस्जिद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाबरी मस्जिद
निर्देशाङ्क: २६°४७′४४″N ८२°११′४०″E / २६.७९५६°N ८२.१९४५°E / 26.7956; 82.1945निर्देशाङ्कहरू: २६°४७′४४″N ८२°११′४०″E / २६.७९५६°N ८२.१९४५°E / 26.7956; 82.1945
स्थान अयोध्या, भारत
स्थापना निर्माण – १५२७
भत्काइएको – १९९२
बास्तु सम्बन्धि जानकारी
बास्तुशैली तुघलाक

बाबरी मस्जिद (उर्दू:بابری مسجد, अङ्ग्रेजी: Mosque of Babur) जुन (मस्जिद ए जन्मस्थान, उर्दू: مسجدِ جنمستھ, अङ्ग्रेजी: Mosque of Birthplace)को नामले पनि जानिन्छ । भारतको उत्तर प्रदेश राज्यको फैजाबाद जिल्लाको [अयोध्या]]मा एउटा बिबादास्पद मस्जिदको रूपमा बाबरी मस्जिद रहेको थियो । यस मस्जिदलाई सन् १९९२ मा भत्काईएको थियो । यो लडाई एउटा राजनीतिक सभाले गर्दा उत्पन्न भएको थियो जसमा १,५०,००० मानिसहरू सामेल थिए ।[१] सभाका आयोजकहरूले सर्वोच्च न्यायालयमा प्रतिबद्धता जाहेर गरेका थिए कि मस्जिदलाई केही नोक्सान गर्ने छैनौ ।[२][३] दिल्ली, मुम्बई र अन्य ठूला ठूला शहरहरू सहित यस दंगा लडाईमा २००० भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाएका थिए । [४] मस्जिदको निर्माण सन् १५२७ ई॰मा बाबर, भारतको प्रथम मुगल सम्राट द्वारा गरिएको थियो ।

मस्जिदको वास्तुकला[सम्पादन गर्नुहोस्]

दिल्लीको सल्तनत र तीनका उत्तराधिकारिहरू मुगल साम्राज्यका शासकहरू कला र स्थापत्य कलाका महान संरक्षक थिए र यिनीहरूले त्यति बेला कयौं कब्रिस्तान, मस्जिदहरू र मदरसाहरूको निर्माण गराएका थिए तथा पुराना भवनहरूमा फेर बदल गराएका थिए । पछि तुगलक वास्तुकलाको प्रभावमा आएर एक विशिष्ट शैलीका निर्माण गराए र पूरै भारतमा मस्जिदहरू अलगै शैलिहरूमा बनाइयो । अत्यन्त मोहक र सुन्दर शैलीले त्यस क्षेत्रहरूमा विकसित भयो जुन क्षेत्रमा स्वदेशी कला संस्कृतिहरू मजबूत थिए तथा क्षेत्रीय कलाकारहरु परिपक्व थिए । यही कारणले यो क्षेत्रीय वा आंचलिक शैलीको मस्जिद क्षेत्रीय मन्दिर वा स्वदेशी शैलीमा निर्मित भवन जस्तै बनेर सामुने आए । भारतको बङ्गाल, काश्मीर र गुजरातका मस्जिदहरूमा भारी भिन्नता आउनुको कारण पनि यही हो की यी मस्जिदहरू त्यहाँको आफ्नो जलवायु, भूमि, र भवन सामग्री वास्तुहरूको उपयोगले बनाईएका थियो ।

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]