सन् १९८२ एसियाली खेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(१९८२ एशियाली खेलबाट अनुप्रेषित)

ढाँचा:ज्ञानबाकस एसियाली खेल

नवौँ एसियाली खेल १९ नवम्बरदेखि ४ दिसम्बर, १९८२सम्म दिल्ली, भारतमा आयोजित गरिएको थियो। दिल्लीमा दोस्रो पल्ट यी खेलहरूको आयोजना गरिएको थियो र यो भन्दा पूर्व १९५१को अभिषेकात्मक एसियाली खेल पनि यहाँ आयोजित गरिएको थियो। नयाँ दिल्ली, बैङ्कक पछिको यस्तो अर्को नगर बन्यो जसले यी खेलहरूको एक पटक भन्दा बढी पटक आयोजना गरेकोछ।

दिल्लीको एसियाली खेल प्रथम एसियाड हो जो एसियाई ओलम्पिक परिषद (एओप)को संरक्षणमा आयोजित भैरहेको थियो। एसियाई खेल सङ्घ, जसको न्यायाधिकारमा प्रथम आठ एसियाई खेल आयोजित भए, यसलाई भंग गरी एओप बनाइएको हो।

एसियाका ३३ देशहरूबाट कुल ४,५९५ खिलाडिहरूले यी खेलहरूमा भाग लिए। यी खेलहरूमा प्रथमोप्रवेश खेल घुडसवारी, गोल्फ, हैण्डबॉल, नौकायन, र महिला हकी थिए।

यी खेलहरूबाट नै चीनको पदक तालिकामा प्रभुत्व देखिन थालो । जापान ले यसभन्दा अघिको खेलहरूमा सर्वाधिक पदक जितेको थियो । चीनले जापानलाई पदक तालिकामा सर्वोच्च पदबाट अपदस्त गरेर खेलको संसारमा आफ्नो उपस्थिति दर्ता गरायो।

नवौ एसियाली खेलको तैयारीमा नै भारतमा रंगीन टेलीभिजन ठूलो शानसँग ल्याईयो, किन भनें यी खेलहरूको आकर्षक प्रसारण गरीनु पर्ने थियो।

यो खेलकुदको शुभंकर अप्पू नामको एउटा शिशु हाथी थियो। वास्तविक जीवनमा "कुट्टिनारायणन" नामको यो हाथी एउटा दुर्घटनामा आफ्नो खुट्टा भच्चाएर बस्यो जब उ एउटा सैप्टिक टंकीमा खस्यो र जसको कारण अततः उसको मृत्यु भयो। कुट्टिनारायणन १४ मे, २००५मा मर्‍यो।

१९८६को पछिल्लो एसियाली खेलकुद (१०औ) र १९८८को २४वें ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजक दक्षिण कोरिया ले ४०६-सदस्यीय प्रतिनिधिमण्डलको साथ यी खेलकुद भागमा लियो, जसमा एउटा पर्यवेक्षण दल पनि थियो जो सुविधा, व्यवस्थापान, र प्रतियोगिताहरूको बारेमा जानकारी सङ्कलन गर्नको लागि आएको थियो।

पदक तालिका[सम्पादन गर्नुहोस्]

स्रोत : जम्मा पदक स्थिति - नई दिल्ली १९८२ वेब्याक मेसिन अभिलेखिकरण २०१०-०६-१६ मिति

 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
चीन चीन ६१ ५१ ४१ १५३
जापान जापान ५७ ५२ ४४ १५३
दक्षिण कोरिया कोरिया २८ २८ ३७ ९३
उत्तर कोरिया डीपीआर कोरिया १७ १९ २० ५६
भारत भारत १३ १९ २५ ५७
इन्डोनेसिया इन्डोनेसिया १५
इरान इरान १२
पाकिस्तान पाकिस्तान ११
मङ्गोलिया मंगोलिया
१० फिलिपिन्स फिलिपाइन्स १४
११ इराक इराक
१२ थाइल्यान्ड थाइल्याण्ड १०
१३ कुवेत कुवैत
१४ सिरिया सिरिया
१५ मलेसिया मलेशिया
१६ सिङ्गापुर सिंगापुर
१७ अफगानिस्तान अफगानिस्तान
१८ लेबनान लेबनान
१९ बहराइन बहरिन
२० हङकङ हङ् कङ्ग
२१ कतार कतार
२२ भियतनाम भियतनाम
जम्मा १९९ १९९ २१५ ६१३

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:एसियाई खेल