ल्होत्साम्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ल्होत्साम्पा
ལྷོ་མཚམས་པ་
पूर्व नेपालको शरणार्थी शिविरमा रहदै आएका भुटानी शरणार्थीहरू
जम्मा जनसङ्ख्या
२४२,०००[१][२][३][४]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भाषाहरू
धर्महरू
सम्बन्धित जातीय समूह
ब्राह्मण, क्षेत्री, खस, किराँत जाति

ल्होत्साम्पा (तिब्बती: ལྷོ་མཚམས་པ་, अर्थ: दक्षिणबासि) भुटानका मुख्यतया हिन्दुधर्मी र अरु नेपाली मूलका मानिसहरूलाई भनिन्छ। यिनीहरू भुटानमा इश्वी १९औ सताब्दी देखि बसोबास गर्न थाले। [५] [६] यिनीहरूको आगमन बढ्दै गएका बेला भर्खरै भुटानको राजनीतिक विकास हुन थालेको थियो र १८८५मा तत्कालिन राजा उगेन वान्ग्चुच्कले कुटनैतिक सम्बन्ध बढाएर भुटानको पररास्ट्र नीति ब्रिटिश/भारतलाई सुम्पे।[६][७] तर धेरै सङ्ख्यामा बसाइ सर्नुभन्दा धेरै पहिले करिब सन् १६२०मा नै शाब्द्रुंग नवांग नामग्यालले केही नेवार शिल्पकारहरूलाई काठमाडौँबाट बोलाएका थिए [८]

यिनीहरू हिन्दु चाड पर्बहरू दसैं र तिहार, मनाउछन् भने बौद्ध धर्मको ल्होसार, लूसोंग, सागा दावा, ल्हाबाब ड्युचेन, ड्रूपका टेशी र भूमचूती अरु चाड-पर्ब हुन। नेपाली प्राय सबै ल्होत्साम्पाको बोलीचालीको भाषा हो र अङ्ग्रेजी र हिन्दी बोल्ने अनि बुझ्ने मानिसहरू पनि छन्। अरु भाषाहरूमा गुरूङ, लेप्चा, लिम्बु, मगर, नेवारी र तामाङ इत्यादि पर्दछन।

तिनीहरू मध्ये करिब एक लाख दुई दशकदेखि दक्षिणपूर्वी नेपालको झापामोरङ जिल्लाका सात शिविरमा शरणार्थीका रूपमा छन्[९]. त्यसैगरी भारतमा ३० हजार जति ल्होत्साम्पाहरू शरणार्थीका रूपमा बसिरहेका रहेका छन्। उनिहरूले शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त र नेपाल सरकारबाट केही राहत र सहयोग् पाउछन्। भुटानी शरणार्थीको पुनर्वास कार्यक्रम अर्न्तर्गत हालसम्म ४० हजार शरणार्थी पुनर्वासका लागि विदेश प्रस्थान गरे। संयुक्त राज्य अमेरिकाले हालसम्म ३४ हजार १२९ शरणार्थीलाई पुनर्वासमा लिइसकेको छ [१०]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Population of Lhotshampas in Bhutan", UNHCR, २००४, मूलबाट १६ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१६ 
  2. Adelman, Howard (२००८), Protracted Displacement in Asia: No Place to Call Home, Ashgate Publishing, आइएसबिएन 978-0-7546-7238-8 
  3. Frelick, Bill (१ फेब्रुअरी २००८), "Bhutan's Ethnic Cleansing", New Statesman, Human Rights Watch, अन्तिम पहुँच ३ अक्टोबर २०१० 
  4. Mishra, Vidhyapati (२८ जुन २०१३), "Bhutan Is No Shangri-La", The New York Times, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  5. Worden, Robert L.; Savada, Andrea Matles (ed.) (१९९१), "Chapter 6: Bhutan - Ethnic Groups", Nepal and Bhutan: Country Studies (3rd संस्करण), Federal Research Division, United States Library of Congress, पृ: 424, आइएसबिएन 0844407771, अन्तिम पहुँच २०१०-१०-०२ 
  6. ६.० ६.१ "Background Note: Bhutan", U.S. Department of State, २०१०-०२-०२, अन्तिम पहुँच २०१०-१०-०२ 
  7. "Timeline: Bhutan", BBC News online, २०१०-०५-०५, अन्तिम पहुँच २०१०-१०-०१ 
  8. Aris, Michael (१९७९), Bhutan: The Early History of a Himalayan Kingdom, Aris & Phillips, पृ: 344, आइएसबिएन 9780856681998 
  9. http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=216896
  10. http://bhutansamachar.com/841.html[dead link]