अन्तःशुल्क कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तःशुल्क वा अन्तःशुल्क कर (अङ्ग्रेजी: excise duty) भनेको अप्रत्यक्ष कर हो र यो कर आमजनताको स्वास्थ्यमा हानि पुर्‍याउने, वातावरणलाई प्रतिकूल असर पार्ने र विलासिताका वस्तुमा अन्तःशुल्क लाग्दछ ।

अन्तःशुल्कको इतिहास[सम्पादन गर्नुहोस्]

सन् १९९५ को जनवरी १ मा विश्व व्यापार सङ्गठनको स्थापना हुनुपूर्वसम्म सामान्यतः आन्तरिक उत्पादनमा लाग्दै आएको यो कर विश्व व्यापार सङ्गठनको सिद्धान्तअनुसार पैठारीमा पनि लाग्न थालेको हो । यो कर हल्यान्डबाट १७ औँ शताब्दीमा प्रारम्भ भएको अनुमान गरिन्छ ।

नेपालको सन्दर्भमा राणाकालमा दहत्तर, बहत्तर, वनकश, यार्सा, मदकट्टी, सुगरको जगर र चुरोटको वितरणमा ठेक्काद्वारा अन्तःशुल्कको असुली प्रारम्भ भएको आभाष हुन्छ। सुरुमा २०१५ सालमा अन्तःशुल्क ऐन जारी भएको थियो । समयको साथ साथै विभिन्न ऐन-नियम जारी भए । हाल २०५८ सालमा जारी भएको अन्तःशुल्क ऐन र २०५९ सालको नियमावली प्रचलनमा छन्।[१]

यो पनि हेनु होस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्नुहोस्]

  1. http://nayapatrika.net/the-view/4219-नेपालमा-अन्तःशुल्कको-व्यवस्था.html[dead link]