पल गोगे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युजिन हेनरी पल गोगे (पाउल गोगे | पल गोगे| पाउल गगे) (Eugène Henri Paul Gauguin (French pronunciation: [øˈʒɛn ãˈʁi ˌpol ɡoˈɡɛ̃];)

पल गोगे

फ्रान्सको पेरिसमा सन ७ जुन १८४८मा जन्मेका पल विश्व बिख्यात 'पोष्ट इप्रेसनिसनिस्ट' चित्रकार हुन | पेरिसको मध्यमवर्गीय परिवारमा जन्मेका पल का पिता ल्कोम्स समाजवादि पृष्ठभुमि भएका पत्रकार थिए भने आमा अलाईन महिला अधिकारवादी समावादी नेता (ल्फोरा टि्रस्टान -पेरू) की छोरी थिइन् । नेपोलियन फ्रान्सको सत्तामा आफुलाई स्थपित गरे पश्चात उन का पिता ल्कोम्स सपरिवार पउलको मावाली देश पेरू बसाई सरेका थिए । तर पेरू नपुग्दै पानी जहाजमा हृदयघात भई उनको मृत्यु भएको थियो । पेरूमा उनी र बहिनी म्यारी काकासँग ६ वर्ष बसे र पुन पेरिस फर्के|

युरोपको वातावरणमा वाक्क भएका गोगे पल गोगेले इ.सं. १८९१मा पहिलोपटक प्रसान्त महासागरीय टापु देश टाहिटीको भ्रमण गरेका थिए । टाहिटीको उष्ण वातावरणमा रमाएका पलले त्यहाको सामाजिक परिवेशलाई समेटने गरेर थुप्रै चित्रहरू बनाए । त्यसमध्ये अधिकांश अर्धनग्न चित्रहरू बनाएका छन् । उनले मोडेल राखेका किशोरीहरूसँग सहवास पनि गर्दथे भनी ग्लोबल टाइम्स लेख्दछ ।उन्ले बनाएको "टु थाइटिएन वोमेन"(Two Tahitian Women) लगाएत थुप्रै चित्र हरू 'पोष्ट इप्रेसनिसनिस्ट' शैली का विशिष्ट सिर्जना मानिन्छ|

दुई टाहिटि का सुन्दरी हरू

पाउल गोगेले इ.सं. १८९१मा पहिलोपटक थाहिटीको भ्रमण गरेका थिए । युरोपको वातावरणमा वाक्क भएका गोगे थाहिटीको ट्रपिकल वातावरणमा रमाएका थिए । उनले थाहिटीमा बसेर थुप्रै चित्रहरू बनाए । त्यसमध्ये अधिकांश अर्धनग्न चित्रहरू बनाएका छन् । उनले मोडेल राखेका किशोरीहरूसँग सहवास पनि गर्दथे भनी ग्लोबल टाइम्स लेख्दछ ।गोगको "टु थाइटिएन वोमेन"(८० मिलियन डलरमा बिमा गरिएको) नामक एक चित्रलाई सुसान बर्नेस नाम गरेकी ५३ वषर्ीया महिलाले नेसनल ग्यालरी अफ आर्टकाको प्रदर्शनि स्थलको भित्ताबाट झिकेर मुक्का हिर्काइ नष्ट गर्ने प्रयास गरेकी थिइन् । ग्लोवल टाइम्स १० अपि्रल, २०११ का अनुसार नेसनल ग्यालरी आर्टले "गोगे मेकर अफ मिथ" कला प्रदर्शनीमा राख्न उक्त चित्र मेट्रोपोलिटियन म्यूजियम अफ आर्ट न्यु योर्कबाट पैचोमा लिएको थियो ।

पक्राउ परेकी महिला लाई प्रहरीले "किन पाउल गोगेलको उक्त चित्र नष्ट पार्न खोजेकी हुन् ? भनी प्रश्न गर्दा उनले भनिन् "मेरो विचारमा गोगे एक अपराधी हुन् । उनी चित्रमा नग्नता बढी मन पराउँछन् । त्यस्तो नग्नता बच्चाहरूका लागि हानिकारक हुन्छ । यस चित्रमा पनि दुई महिलालाई नग्न देखाएका छन् । जसले सम लिङि हुन प्रेरित गर्छ ।"

थाहिटीमा बसेर उनले बनाएको अर्को प्रसिद्ध चित्र "हामी कहाँबाट आएका हौँ ? हामीको हौंँ? हामी कहाँ गइरहेका छौँ" पनि हो । उनले यस चित्रमा जन्मदेखि मृत्यु अवस्थासम्मको गाथा समेटेका छन् । इ.सं. १८९७मा बनाएको सो चित्र हाल बोस्टनको द म्युजियम अफ मोर्डन आर्टमा छ । यसैगरी उनका अन्य चित्रहरू "स्पि्रट अफ द डेड वाचिङ्ग १८९२ -अलाब्राइट-कालोक्स आर्ट ग्यालरी बफालो न्यु योर्क) "थाहिटियन ओमेन वन द वीच"- १८९१, -"अनाह जाफानीसे-१८९३", "द मुन एण्ड द अर्थ-१८९३", "मर्टिनीटी-१८९९", "क्रुयल टेल्स-१९०२", "द सोर्सेरर अफ हिया ओआ-१९०२" आदि हुन् ।

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]