कुलुङ भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुलुङ (राई) भाषाबाट अनुप्रेषित)

कुलुङ भाषा नेपालमा बोलिने १२५ भाषाहरुमध्ये एक हो । यो भाषा विशेषत सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, झापा, सुनसरी, मोरङ लगायतका पुर्वी नेपालका जिल्लाहरूमा बोलिन्छ । २०६८ सालको जनगणना अनुसार कुलुङ मातृभाषीको सङ्ख्या ३३,१७० रहेको छ । यो भाषा कुलुङ र नाछिरिङ समुदायले आफ्नो मातृभाषाको रूपमा बोल्ने गरेका छन् । कुलुङभाषालाई कुलुङ जातिले "कुलुरिङ" भन्दछन् । जसको अर्थ कुलु=कुलुङ जाति र रिङ= भाषा हो ।