अंकगणित
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
अंकगणित (अङ्ग्रेजीमा Arithmetic) गणित का तीन ठूला शाखाहरू मध्य एउटा हो। अंकहरू तथा संख्याहरूको गणनासित सम्बंधित गणितको शाखालाई अंकगणित भनिन्छ। यो गणितको मौलिक शाखा हो तथा यसैबाट गणितको प्रारम्भिक शिक्षा सुरु हुन्छ। प्रत्येक मनुष्यले आफ्नो दैनिक जीवनमा प्रायः अंकगणितको उपयोग गर्दछ। अंकगणित अन्तर्गत जोड, घटाउ, गुणा, भाग, भिन्न, दशमलव आदि प्रक्रियाहरू आउँछन्।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
मनुष्य आरम्भदेखि नैं सामाजिक प्राणीको रूपमा रहि आएकोले र आफ्नो प्रारम्भिक कालमा कबीला बनाएर बस्दै आएको हो। जब कबीलाका सद्स्यहरूमा वृद्धि हुँदा उनीहरूको गन्ती गर्न अंकहरूको आवश्यकत पर्यो। अंक बनाउन मनुष्यका औंलाहरूलाई आधार बनाइयो। अंकहरूको इतिहासको विषयमा धेरै नैं कम जानकारी प्राप्त छ। भनिन्छ कि कि ईसा पूर्व १८५०मा बेबीलोनका निवासी गणितको प्रारम्भिक प्रक्रियाहरूसित राम्रोसित परिचित थिए। भारतमा अंकगणितको ज्ञान अत्यन्त प्राचीनकालदेखि नैं रही आएको हो तथा वेदहरूमा गणितीय प्रक्रियाहरू उल्लेख छ। शून्य पनि भारतको नैं देन हो।
अंक [सम्पादन गर्ने]
शून्यदेखि लिएर बनेका नौसम्मलाई बुझाउने चिह्न(संकेत)लाई अंक भनिन्छ। अंक नैं गणितको मूल हो। दैनिक जीवनका अधिकांश कार्यहरूमा अंकहरूको प्रयोग हुन्छ।
संख्या [सम्पादन गर्ने]
एकभन्दा अधिक अंकहरूलाई एउटाको छेउमा अर्को राख्दा संख्या बन्छ। अंक केवल दसवटा हुछन् तर संख्याहरू अनन्त बन्छ।
अंकगणितका मूल प्रक्रियाहरू [सम्पादन गर्ने]
अंकगणितका मुख्य चार मूल प्रक्रियाहरू हुन्छन्
- जोड (योग) चिह्न (+)
- घटाउ (ऋण) चिह्न (-)
- गुणा चिह्न (×)
- भाग चिह्न (÷)
जोड [सम्पादन गर्ने]
जब कुनै संख्या या अंकमा एक वा एकभन्दा बडि संख्या वा अंकलाई मिलाइन्छ भनें त्यसलाई जोड (योग) (Addition) भनिन्छ। जोडलाई + चिह्नले प्रदर्शित गरिन्छ।
उदाहरणः
14 + 6 = 20
घटाउ [सम्पादन गर्ने]
जोडने प्रक्रियाको विरुद्ध प्रक्रियालाई घटाउ वा घटाउने (Subtraction) भनिन्छ। जब कुनै संख्या या अंकबाट एक वा एकभन्दा बडि संख्या वा अंकलाई घटाइन्छ भनें त्यसलाई घटाउ (ऋण) भनिन्छ। घटाउने - चिह्नले प्रदर्शित गरिन्छ।
उदाहरणः
14 - 6 = 8
गुणा [सम्पादन गर्ने]
जब कुनै संख्या या अंकमा एक वा एकभन्दा बडि संख्या वा अंकलाई एक अथवा धेरै पल्ट जोडिन्छ त्यसलाई गुणा (Multiplication) भनिन्छ। गुणालाई x चिह्नले प्रदर्शित गरिन्छ।
उदाहरणः
2 x 4 = 8
भाग [सम्पादन गर्ने]
गुणा गर्ने प्रक्रियाको विरुद्ध प्रक्रियालाई भाग (Division) भनिन्छ। जब कुनै संख्या या अंकबाट एक वा एकभन्दा बडि संख्या वा अंकलाई एक अथवा धेरै पल्ट घटाइन्छ त्यसलाई भाग भनिन्छ। भागलाई ÷ चिह्नले प्रदर्शित गरिन्छ।
उदाहरणः
4 / 2 = 2