अकर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अकर
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(unranked): Eudicots
(unranked): Asterids
गण: Asterales
कुल: Asteraceae
वंश: Acmella
प्रजाति: A. oleracea
द्विपद नाम
Acmella oleracea
(L.) R.K.Jansen

अकरलाई सानो मरहठी तथा सुक्ष्मगोरखमुण्डी भनेर पनि चिनिन्छ। पोथ्रा वर्गमा पर्ने यो वनस्पति १५-२५ सेन्टिमिटर अग्लो हुने गर्दछ। अकर औषधीय गुण भएको वनस्पति हो। आमने-सामने पात मिलेको बोटहुने यो वनस्पतिको गोलाकार पहेंलोबीचमा रातो रंगको फूल लाग्ने गर्दछ। यसको स्वाद पर्पर्याउने खालको हुन्छ।[१]

औषधीय गुण[सम्पादन गर्ने]

अकरले फोक्सोलाई शक्ति प्रदान गर्ने, खानामा रुची बढाउने गर्दछ। शरीर दुखेको, खोकीपिनासमासमेत अकर लाभदायक मानिन्छ। उपचारका लागि यसको बोटको धुलो तथा लेदो १-२ ग्राम दिनमा ३-५ पटकसम्म खान सकिन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., p. पृष्ठ-४, ISBN 978-99946-1-630-5