अक्कलबहादुर थिङ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

एकिकृत नेकपा माओवादीको तर्फबाट काभ्रे-३ बाट विजयी सभासद् अक्कलबहादुर थिङ जनताको परिवर्तन प्रतिको चाहना र माओवादी प्रति जनताले देखाएको विश्वास नै आफ्नो विजयीको कारण भएको बताउनुहुन्छ।

२०४६ सालदेखि नेकपा मालेबाट राजनैतिक यात्रा थालेका थिङ माओवादीको शसस्त्र विद्रोहले गति लिएका बेला २०५५ सालमा माओवादीमा प्रवेश गर्नुभएको थियो। लामो समयसम्म माओवादी सेनामा रहेर काम गरेका थिङ जनमुक्ति सेनाको बटालियन कमिसार पनि हुनुभएको थियो।

२०२७ पुस ९ गते काभ्रेको फलामेटारमा जन्मेका थिङ माओवादीको काभ्रे सचिव पनि छन्। सन्चमाया र च्यान्टेबहादुरका पुत्र थिङले एसएलसीसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्/गरेकी छिन्।

पार्टी भित्र महेश उपनामले चिनिने थिङ संविधान सभामा गरीब उत्पिडित वर्गका क्षेत्रका जनताको पक्षमा संविधान लेख्न आफ्नो तर्फबाट पार्टीले दिएको भूमिका अनुसारको आवाज उठाउने बताउनुहुन्छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा