अक्षय तृतीया
| मानिने_क्षेत्रहरु: | {{{देश}}} |
|---|---|
| आरम्भ: | |
| अनुयायी: | हिन्दू, भारतीय, भारतीय प्रवासी |
| तिथि: | वैशाख महिनाको शुक्ल पक्ष को तृतीया तिथि |
| उत्सव: | व्रत, दान, पूजन |
| समान पर्व: | * चैत्र शुक्ल प्रतिपदा, |
अक्षय तृतीया वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रंथहरु अनुसार उअस दिन जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ।[१] यसै कारण अक्षय तृतीया भनिएको हो।[२] सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर वैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरुमा मानिन्छ। भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरुमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारंभ यसै तिथिबाट भएको थियो। भगवान विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो।[३]
विषयसूची |
महत्व[सम्पादन गर्ने]
धार्मिक परम्पराहरु[सम्पादन गर्ने]
| “ | सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने। दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥ |
„ |
संस्कृतिमा[सम्पादन गर्ने]
हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरु छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजका दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरुमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरुको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैँची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
- शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
- यस दिनबाट सत्ययुग र त्रेतायुगको आरंभ भएको विश्वास गरिन्छ ।
- श्री परशुरामजीको अवतरण पनि यसै दिन भएको थियो ।
- यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
- नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
- हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
- वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
- जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
- यस दिन परशुरामजीको पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
- श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।[४]
स्रोत[सम्पादन गर्ने]
- ↑ अक्षय तृतीया : दान का महापर्व ।वेब दुनिया
- ↑ शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ।नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी
- ↑ अक्षय तृतीया मा विशेष - यो पनि खूब रही-वर्ल्ड प्रेस।१९ अप्रैल, २००७
- ↑ ज्योतिषसाथी कृष्णप्रसाद कोइराला http://www.facebook.com/Jyotisasathi