अगरतला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Ujjayanta palace panorama 2007.jpg
उज्जयन्त दरवार
अगरतला
चित्र:Ujjayanta aerial.jpg
क्षेत्रफल: ५८.८४
जनसंख्या: ३६७८२२
जनघनत्व: ६२५१
वेव साइट: http://www.tripura.nic.in
क्षेत्रीय टेलिफोन कोड : ०३८१
हुलाक कोड(Postal Index No.): ७९९००१

अगरतला भारतको त्रिपुरा प्रान्तको राजधानी हो।त्रिपुरा देशको दोस्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इण्डो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दू धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बनियो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बङ्गाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरूलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरूले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्। यद्यपि त्रिपुरामा पर्यटकहरू आउंदै जांदै गरेता पनि स्थानीय प्राधिकारीहरूसित वर्तमान सुरक्षा परिस्थिति सम्बन्धी जानकारी लिनु राम्रोहुनेछ।

त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।

[सम्पादन गर्ने] पर्यटन स्थल

उज्जयंता पैलेस

१९०१मा निर्मित उज्जयंता पैलेस, अगरतलाको मुख्य स्मारक हो जो मुगल-यूरोपीय मिश्रित शैलीमा निर्मित भएकोछ। ८०० एकड़मा फलिएको यो विशालमािसर अहिले राज्यको विधान सभाको रूपमा प्रयुक्त भएकोछ। यसमा बगैंचा र मानव-निर्मित झीलहरू छन्। खास गरीर यसलाई जनताको निम्ति खोलिंदैनमांतु यदि साँझ ३ देखि ४ बजेको बीचमा मुख्य द्वारमा गइयो भनें यहाँ प्रवेशको प्राप्त गर्न सकिन्छ।

नीरमहल

प्यालेसको मैदानमा नारङ्गी रङ्गको दुईवटा मन्दिर अर्थात् उम्मेनश्वर मन्दिर र जगन्नाथ मन्दिर स्थित छन् जसको दर्शन सबैले गर्न सक्छन्।


एयरपोर्ट रोडमा लगभग १ कि.मी. उत्तरमा वेणुबन विहार नामक एउटा बौद्ध मन्दिर छ। गेदू मियां मस्जिद, जो अनौठो तरिकाका क्राकरीको फुटेका टुकुराले बनिएको र हेर्नलायक छ।

एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलजी सम्बन्धी वस्तुहरू प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि साँझ ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरूको स्मृतिको रूपमा बनाइएकोछ।

पुरा्नो अगरतला पूर्वमा ५ कि.मी. टाडा छ। यहाँ चौध मूर्ति भएको मन्दिर छ जहाँ जुलाई महिनामा श्रद्धालुहरू कड़छी-पूजाको लागि एकत्र हुनेगर्छन्।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा