अगस्ट पाल्म

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अगस्ट पाल्म

अगस्ट पाल्म (१८४९-१९२२) - स्वेडिश समाजिक-जनवादीका संस्थापक अगस्ट पाल्मका बाबु विद्यालयका शिक्षक थिए। दश वर्षकै उमेरमा पाल्म टुहुरो भए। सुजिकार बन्नो तालीम लिए। उठार वर्षको उमेरमा उत्तर जर्मनीडेनमार्कको भ्रमण गरे। उन्ले जर्मन् समाजिक-जनवादलाई स्वीकार गरे। १८७४मा जोहाना लार्सनसँग विवाह गरे र सुजिकारको काम थाले। समाजवादी आन्दोलन संलग्नताले गर्दा उनलाई जर्मनीबाट निकाला गरियो। चारवर्षसम्म डेनमार्कमा रहे।

१८८१मा उनी आफ्नो जन्मथलोमा फर्के र स्वेडिश समाजिक-जनवादी आन्दोलन संगठित गरे। माल्मो भन्ने ठाउँमा उनले दिएको भाषणलाई स्वीडेनको इतिहासमा समाजवादी भाषणको रूपमा लिइन्छ। चार वर्षपिछ स्टकहोल्ममा गएर पाल्मले समाजिक-जनवादी संगठनको नेतृत्व गरे। उनी र अक्सेल डनिएल्सनले दक्षिण स्वीडेनमा समाजिक-जनवादी आन्दोलनको अगुवाई गरे। १८८९मा समाजिक-जनवादी मजदूर पार्टीको स्थापनामा पाल्म सहभागी भएका थिए।

१९०७मा उनले अप्पेल नामक अखवार चलाए। यसबाहेक, पार्टीको क्रान्तिकारी युवा संगठन 'योङ्ग् सोसलिष्ट'मा पनि उनी सक्रिय भए। १८८६को पार्टीभित्रको झगडा पछि उनले कम भुमिका निर्वाह गरे। तैपनि, पार्टीमा उनी सम्मानित व्यक्तित्वको रूपमा रहिरहे। उनको 'समाजिक-जनवादीहरू के चाहन्छन्?' र 'पार्टी प्रोग्राम' महत्वपूर्ण लेखको रूपमा रहेका छन्।