अग्नि एयर दुर्घटना २०६९ जेठ १

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अग्नि एयर दुर्घटना
A Dornier 228 similar to the one involved in the incident
दुर्घटना सारांश
मिति: 14 मे 2012 (2012-05-14)
प्रकार: Under investigation
स्थल: Jomsom, Nepal
यात्रु: 18
चालक दल: 3
घाइते: 6
मृत्यु: 15
जीवित: 6
विमानको प्रकार Dornier Do 228-200
सञ्चालक: Agni Air
विमान दर्ता नम्बर: 9N-AIG[१]
उडान: Pokhara Airport, Pokhara, Nepal
गन्तव्य: Jomsom Airport, Jomsom, Nepal

अग्नि एयरको विमान २०६९ जेठ १ मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको नाइन एन एआइजी नम्बरको विमान जोमसोम विमानस्थलनजिकैको पहाडमा ठक्कर खाएर दुर्घटना भएको हो । बिहान ९.५० बजे जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा अग्नि एयरको ९एन एआईजी–डी२२८ (डोरनिएर) विमान दुर्घटना हुँदा क्याप्टेन प्रभूशरण पाठकसहित १५ जनाको मृत्यु भएको थियो ।[२][३] मृत्यु हुनेहरुमध्ये दुई नेपाली र १३ भारतीय नागरिक रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइते हुनेहरूमा डेनिस नागरिकद्वय आर एन्ड्रीअस र टी इमिली, दुई भारतीय बालबालिका तिरुमाला किदाम्बी श्रीवद्र्धिनी र तिरुमाला किदाम्बी श्रीपाद तथा विमान परिचारीका रोसनी हाइजु रहेका छन् । मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा गाविस ५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान बिहान ९.५० बजे उक्त दुर्घटना भएको थियो ।

अग्नि एयर दुर्घटना २०६९ जेठ १ is located in Nepal
दुर्घटना स्थल नेपाल

मृतकहरू:[सम्पादन गर्ने]

अग्नि एयर दुर्घटना २०६९ जेठ १ [४]
नाम नागरिकता
क्याप्टेन प्रभूशरण पाठक नेपाल नेपाली
सहचालक सुमन डङ्गोल महर्जन नेपाल नेपाली
के. चैतन्य भारत भारतीय
एस.के. अरोरा भारत भारतीय
एम. होन्डा भारत भारतीय
एम. के. अरोरा भारत भारतीय
आर. होन्डा भारत भारतीय
के.ओ. अरोरा भारत भारतीय
टी. सचदेव भारत भारतीय
जी. सचदेव भारत भारतीय
सानैम सुधर भारत भारतीय
जी.रमन भारत भारतीय
कुमार भारत भारतीय
लथा इचमवादी भारत भारतीय

दुर्घटनामा तरूनी सचदेव, भारतकी एक १४ वर्षीय कलाकार अनि उनकी आमा को ज्यान गयो।[५]


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]