अग्नी प्रसाद सापकोटा
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सिन्धुपाल्चोक २ बाट निर्वाचित एकीकृत नेकपा माओवादीका संविधान सभा सदस्य अग्निप्रसाद सापकोटा उक्त पार्टीका केन्द्रीय सदस्य पनि हुन्। संविधान सभा निर्वाचनमा आफ्ना प्रतिश्प्रधीलाई धेरै मतान्तरले जित्ने १० जनामा मध्ये सापकोटा एक हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको कुभिन्डेमा २००१ फागुन २४ गते धनपति र तीलमाया सापकोटाको कोखबाट जन्मेका थिए। पूर्व शिक्षक सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकाछन्।
२०३० सालमा विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका सापकोटा २०५१ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका थिए। माओवादी सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोलीका सदस्य सापकोटाले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।
सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनैतिक कार्यकर्ता बनेका थिए। २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि त्यतिबेला उनी पराजित भए। सापकोटाकी श्रीमती तारादेवी पनि माओवादीको क्षेत्रीय सदस्य हुन्।[१]