अग्राधिकार शेयर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


परिभाषा[सम्पादन गर्ने]

संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर (अंग्रेजी: Preference Share) भनिन्छ ।[१] अग्राधिकार शेयरमा शेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ । अग्राधिकार शेयर निष्काशन गर्दा कम्पनी ऐेन, २०६३ मा उल्लेख भएको व्यवस्थालाई पालना गरि गर्नु पर्ने हुन्छ भने यो समुहको शेयरहरुले साधारण शेयरधनीहरु भन्दा अधि रकम तथा प्रतिफल प्राप्त गर्ने अधिकार राख्दछ ।

अग्राधिकार शेयर संस्थाको पूँजिको रुपमा रहने भएता पनि यसको शेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुदैछ तर यसमा निश्चित दरमा लाभांस प्राप्त गर्ने अधिकार यस प्रकारको शेयरधनीलाई हुन्छ ।

अग्राधिकार शेयरको प्रकार[सम्पादन गर्ने]

  • साधारण शेयरमा परिणत हुने अग्राधिकार शेयर
  • प्रतिफल जम्मा हुने अग्राधिकार शेयर
  • प्रतिफल जम्मा नहुने अग्राधिकार शेयर
  • विनिमय गर्नु मिल्ने अग्राधिकार शेयर
  • अनन्तकाल सम्म रहने अग्राधिकार शेयर


अग्राधिकार शेयरको विशेषताहरु[सम्पादन गर्ने]

  • साधारण शेयर भन्दा पहिला लाभांश प्राप्त गर्ने अधिकार
  • संस्था विघटनको अवस्थामा सम्पत्ति माथि पहिलो अधिकार
  • साधारण शेयरमा परिणत गर्न मिल्ने
  • संस्थाको साधारण सभामा मत हाल्ने अधिकार नहुने
  • संस्थाले माग गर्न सक्ने

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

  1. कम्पनी ऐेन, २०६३