अजय कुमार चौरसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अजय कुमार चौरासियाबाट अनुप्रेषित)

अजय कुमार चौरासिय पर्सा क्षेत्र नं. ३बाट निर्वाचत नेपाली कांग्रेसका सभासद हुन्। विद्यार्थी अवस्थादेखि नै राजनीतिमा संलग्न चौरसिया २०४६ सालदेखि पार्टीगत रूपमा सक्रिय हुनुभएको हो। २०४८ सालको आम निर्वाचनमा नेपाली काङग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा उनीले चुनाव लड्नुभएको थियो। निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसमै फर्कनुभयो र काङ्ग्रेस उम्मेदवारका रूपमा २०५६ को आम चुनावमा पर्सा क्षेत्र नं. २बाट निर्वाचित हुनुभयो। पुनर्स्थापित संसदमा पनि उनी सक्रिय थिए। राजनीतिक यात्रामा दुई पटक गरेर तीन महीना जेल जीवन बिताएका चौरसिया २०५१ साल देखि नेपाली काङ्ग्रेस, पर्सा जिल्ला कार्यसमिति सदस्य रहँदै आउनुभएको छ। त्रिभुवन बिश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक चौरसियाका १ छोरा र २ छोरी छन्। समाजसेवामा उनीको रुचि छ र विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आउनुभएको छ। उनीका लेख-रचना विभिन्न पत्र-पत्रिकामा प्रकाशित हुँदै आएका छन्। यस अघि जनप्रतिनिधि भएर गरेको योगदानको कारणले यसपटक जनताले आफूलाई सभासदमा विजयी बनाएको उनीको ठहर छ। चौरसियाले संविधानसभामा गणतन्त्र संस्थागत गर्ने र समावेशी चरित्रको संविधान निर्माण गर्ने मुद्दा प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]