अटल बिहारी वाजपेयी
|
|
|
| पहिलो शासन काल: | १६ मे, १९९६ - १ जुन, १९९६ |
| पूर्वाधिकारी: | पी वी नरसिंह राव |
| उत्तराधिकारी: | एच डी देवगौड़ा |
| दोश्रो शासन काल: | १९ मार्च, १९९८ - २२ मे, २००४ |
| पूर्वाधिकारी: | इन्द्र कुमार गुजराल |
| उत्तराधिकारी: | मनमोहन सिंह |
| जन्मतिथि: | २५ डिसेम्बर, १९२४ |
| जन्मस्थल: | ग्वालियर, मध्य प्रदेश |
| राजनैतिक दल: | भारतीय जनता पार्टी |
अटल बिहारी वाजपेयी (जन्म २५ डिसेम्बर, १९२४) भारतका पूर्व प्रधान मन्त्री हुन्। उनी भारतीय जनसङ्घको स्थापना गर्नेमा एक जना हुन् र १९६८देखि १९७३ सम्म उनी यसका अध्यक्ष पनि रहे। उनी जीवनभर भारतीय राजनीतिमा सक्रिय रहे। उनले लामो समयसम्म राष्ट्रधर्म, पाँचजन्य र वीर अर्जुन आदि राष्ट्रिय भावनाले ओत-प्रोत पत्र-पत्रिकाहरूको सम्पादन गरे। यस अतिरिक्त उनी एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्। उनी अविवाहित छन्।
विषयसूची |
प्रारम्भिक जीवन [सम्पादन गर्ने]
उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्र्वारमा २५ डिसेम्बर, १९२४का दिन ब्रह्ममुहूर्त्तमा उनको जन्म भएकोथियो। पिता पं. कृष्ण बिहारी मिश्र ग्वालियरमा अध्यापन कार्य गर्थे। महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति "विजय पताका" पढेर अटल जीको जीवनको दिशा नैं परिवर्तन भयो. अटल जीको बी.ए.को शिक्षा ग्वालियरको विक्टोरिया कलेज (वर्तमानमा लक्ष्मीबाई कलेज)मा भयो। छात्र जीवनदेखि उनी राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक बने र तबदेखि राष्टीय स्तरको वाद-विवाद प्रतियोगिताहरूमा भाग लिनथाले। कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए.को परीक्षा उत्तीर्ण गरे। फेरी एल.एल.बी.को पढ़ाई शुरू गरे तर त्यसलाई बीचमा छोडी सङ्घ कार्यमा लागे। डा. श्यामा प्रसाद मुखर्जी र पं. दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढे। सम्पादकको रूपमा पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको कार्यभार सम्हाले।
राजनैतिक जीवन [सम्पादन गर्ने]
उनी भारतीय जन सङ्घको स्थापना गर्नेहरूमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी त्यसको अध्यक्ष पनि रहे। १९५५मा पहिलो पल्ट लोक सभा चुनाव लडे, सफलता पाएनन् तर, १९५७मा बलरामपुर (जिल्ला गोण्डा, उत्तर प्रदेश)बाट जनसङ्घको प्रत्याशीका रूपमा विजयी भएर लोक सभामा पुगे। १९५७ देखि १९७७ सम्म ( जनता पार्टीको स्थापना सम्म) जनसङ्घका संसदीय दलका नेता रहे। १९६८ देखि १९७३ सम्मउनी भारतीय जनसङ्घका राष्टीय अध्यक्ष पदमा आसीन रहे। मोरारजी देसाईको सरकारमा उनी १९७७ देखि १९७९ सम्म विदेश मन्त्री रहे र विदेशमा भारतको छवि राम्रो बनाए।
१९८०मा जनता पार्टीदेखि असन्तुष्ट भएर उनले जनता पार्टी छोडेर भारतीय जनता पार्टीको स्थापनामा मदद गरे। ६ अप्रिल, १९८०मा बनेको भारतीय जनता पार्टीका अध्यक्ष पदको दायित्व श्री वाजपेयीलाई सुम्पियो। दुईपल्ट राज्यसभाका लागि पनि निर्वाचित भए। लोकतन्त्रका सजग प्रहरी अटल बिहारी वाजपेयीले १९९७मा प्रधानमन्त्रीका रूपमा देशको बागडोर संभाले। १९ अप्रिल, १९९८मा पुनः प्रधानमन्त्री पदको शपथ लिए र उनको नेतृत्वमा १३ दलहरूको गठबन्धन सरकार मार्फत् पाँच वर्षमा देशले प्रगतिका अनेक आयाम छोयो।
सन २००४को लोकसभा चुनावमा भाजपाका नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एण्डीए)ले वाजपेयीका नेतृत्वमा चुनाव लड्यो र भारत उदय (इण्डिया शाइनिंग)को नारा दियो। यस चुनावमा कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएन। यस्तो स्थितिमा वामपंथी दलहरूको समर्थन लिएर कांग्रेसले भारतको केन्द्रीय सरकारमा कायम हुनमा सफलता प्राप्त गर्यो र भाजपा विपक्षमा बस्न मजबूर भयो। अहिले उनले राजनीतिबाट संन्यास लिसकेका छन्।
कविका रूप माअटल [सम्पादन गर्ने]
श्री अटल बिहारी वाजपेयी राजनीतिज्ञ हुनका साथ-साथ एक कवि पनि हुन्। मेरी इक्यावन कविताएं वाजपेयीको प्रसिद्ध काव्यसंग्रह हो। अटल बिहारी वाजपेयीको काव्य रचनाशीलता एवं रसास्वाद पिताबाट प्राप्त भएको हो। उनका पिता कृष्ण बिहारी वाजपेयी ग्वालियर रियासतमा त्यस समयका मानिएका कवि थिए। उनी ब्रजभाषा र खड़ी बोलीमा काव्य रचना गर्थे। पारिवारिक वातावरण साहित्यिक एवं काव्यमय हुनको कारण उनी सफल कवि बनेकाहुन्। उनको सर्व प्रथम कविता ताजमहल थियो। कवि हृदय कहिल्यै पनि कविताबाट वंचित हुनसक्तैन। राजनीतिको साथ-साथ समष्टि एवं राष्ट्रप्रति उनको वैयक्तिक संवेदनशीलता प्रकट हुन्छ। उनको सङ्घर्षमय जीवन, परिवर्तनशील परिस्थितिहरू, राष्ट्रव्यापी आन्दोलन, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूतिले काव्यमा अभिव्यक्ति पाएकोछ।
प्रकाशित रचनाहरू [सम्पादन गर्ने]
उनका प्रकाशित रचनाहरू हुन् :
- मृत्यु या हत्या
- अमर बलिदान (लोक सभामा अटल जीका वक्तव्यहरूको संग्रह)
- कैदी कविरायका कुण्डलिहरू
- संसदमा तीन दशक
- अमर आग है
- कुछ लेख कुछ भाषण (केही लेख केही भाषण)
- सेक्युलर वाद
- राजनीतिका अप्ठ्यारा बाटाहरू
- बिन्दु बिन्दु विचार , इत्यादि।
जीवनका केही प्रमुख तथ्य [सम्पादन गर्ने]
- अटल जी एक यस्ता नेता नेता हुन् जसले देशहितमा काम गरे|
- आजीवन अविवाहित रहे।
- उनी एक ओजस्वी एवं पटु वक्ता (ओरेटर) एवं प्रसिद्ध हिन्दी कवि पनि हुन्।
- परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोध विचलित नभई ब उनले अग्नि-दुई र परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ़ कदम पनि उठाए। १९९८मा पोखरणमा भारतको द्वितीय परमाणु परीक्षण गरे जसमा अमेरिकाको सीआईएले थाह पाएन।
- अटल सबभन्दा लामो समयसम्म सांसद रहे र जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि रहे। अटल नै पहिला प्रधानमन्त्री हुन् जसले गठबन्धन सरकारलाई स्थायित्व र सफलतासित संचालित गरे।
- अटल नै पहिला विदेश मन्त्री थिए जसले संयुक्त राष्ट्रमा हिन्दीमा भाषण दिएर भारतलाई गौरवान्वित गराएकाथिए।
वाजपेयी सरकारको कार्य [सम्पादन गर्ने]
सय सालभन्दा पनि धेरै पुरानो कावेरी जल विवादलाई सुल्झाए। संरचनात्मक ढाँचाको लागि कार्यदल; सफ्टवेयर विकासको लागो सूचना एवं प्राविधिक कार्यदल;कान्द्रीय बिजुली नियन्त्रण आयोग आदिको गठन गरे, साथै राष्ट्रिय राजमार्गहरू एवं हवाई अड्डाको विकास; नयाँ टेलीकम नीति तथा कोंकण रेलवेलाई शुरुवात आदिको माध्यमले बुनियादी संरचनात्मक ढ़ाँचालाई बलियो पार्ने कदम उठाए। राष्ट्रिय सुरक्षा समिति, आर्थिक सल्लाह समिति, व्यापार एवं उद्योग समिति पनि गठित गरे। यसका अतिरिक्त आवश्यक उपभोक्ता सामग्रिहरूको दरभाउ नियन्त्रित गर्न मुख्यमन्त्रीहरूको सम्मेलन बोलाए, उड़ीसाको सर्वाधिक गरीब क्षेत्रका लागि सात सूत्री गरीबी उन्मूलन कार्यक्रम शुरू गरे, आवास निर्माणलाई प्रोत्साहन दिन अर्बन सीलिङ्ग एक्ट समाप्त गरे तथा ग्रामीण रोजगार सृजन एवं विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि बीमा योजना शुरू गरे।
टीका टिप्पणी [सम्पादन गर्ने]
- भारतलाई लिएर मेरो एक दृष्टि छ- यस्तो भारत जो भोक र डरले, निरक्षरता र अभावले मुक्त होस्- अटल बिहारी वाजपेयी
यह पनि हेर्नुहोस् [सम्पादन गर्ने]
वाह्य सूत्र [सम्पादन गर्ने]
- अटलजी का जीवन परिचय (वेबदुनिया)
- अटल बिहारी वाजपेयी - एक परिचय - बीबीसी नेपाली
- वाजपेयीको राजनीतिक यात्रा - बीबीसी हिन्दी
- पुस्तक डाट आर्ग मा अटलजीको बारेमा जानकारी
- कविता कोशमाथि अटल बिहारी वाजपेयीको कविताहरू
- अटल बिहारी बाजपेयी, विलक्षण काव्य प्रतिभा
- अटल बिहारी वाजपेयीको बारेमा जालस्थल
- भाजपाका जालस्थलमा वाजपेयीजीको बारेमा
- भारत सरकारको जालस्थलमा वाजपेयीजीको बारेमा