अन्नपूर्ण हिमाल
| अन्नपूर्ण | |
|---|---|
अन्नपूर्णको दक्षिणी मोहोडा |
|
| उचाई (अवनति) | ८,०९१ m (२६,५४५ ft) दसौं स्थान |
| आधारदेखिको उचाई | २,९८४ m (९,७९० ft) [१][२] |
| प्रमुख शिखर | चोयू |
| सूचिकरण | आठ-हजारी Ultra |
| अवस्थिति | |
|
नेपालको मध्य भाग
|
|
| श्रृङ्खला | हिमालय पर्वत श्रृङ्खला |
| निर्देशांक | 28°35′46″N 83°49′13″E / 28.59611°N 83.82028°E} |
| आरोहण | |
| प्रथम आरोहण | माउरिस हर्जोग र लुइस लचेनलद्वारा १९५० मा |
| सबभन्दा सजिलो आरोहणमार्ग | हिउँ/हिउँको पहाड |
Annapurna (Sanskrit, Nepali, Nepal Bhasa: अन्नपूर्णा) is a section of the Himalaya in north-central Nepal that includes 8091 meter (26,545 ft) Annapurna I, thirteen additional peaks over 7000 meters and 16 more over 6000 meters.[३]. This section is a ५५ km (३४ mi)-long massif. Annapurna I is tenth among Earth's fourteen eight-thousanders. It rises east of the Kali Gandaki Gorge separating it from Dhaulagiri massif. 8167 meter Dhaulagiri I is 34 km to the west and the gorge between is considered Earth's deepest.
अन्नपूर्ण (प्रथम) ८,०९१ मि. हिमाल संसारको दशौं अग्लो र नेपालको नवौं अग्लो हिमाल हो । यसको उचाइ ८,०९१ मिटर छ ।
विषयसूची |
[सम्पादन गर्ने] प्रथम आरोहण
सन् १९५० मा फ्रान्सेली आरोहण दलले धौलागिरी अथवा अन्नपूर्ण पर्वत आरोहण गर्ने अनुमति पाएको थियो । सोही अनुरूप अन्नपूर्ण हिमाल आरोहण गर्ने उद्देश्यले ५ अप्रिल, १९५० मा फ्रान्सेली दल नेपाल आयो । आरोहण दलमा जिन कौजी , लुइस लचेनल, ग्यास्टन रिवुफत , मार्सल स्कातज र लायोनल टेरी रहेका थिए । सोही दलमा चिकित्सक जाकेस औडत , फोटोग्राफर मार्सल आइचक र कुटनैतिक एवम् संयोजन प्रमुखको पनि सहभागिता थियो । Groupe de Haute Montage का महासचिव माउरीस हर्जोग ले दलको नेतृत्व गरेका थिए । सरदार आङ्गथार्केको मातहतका ८ जना शेर्पाहरू आरोहण कार्यका सहयोगी थिए । उत्तर पश्चिम धारबाट पहिलो आरोहण गर्ने प्रयास भएकोमा यसलाई परिवर्तन गरी उत्तरी मोहोडाबाट चढ्ने निर्णय भयो । शिविरबाट पाचौं शिविरसम्म पुग्न १० दिन लाग्यो । यति ठूलो र अपरिचित पर्वतको लागि यो समय छिटो थियो । आरोहीहरूले विहान सवेरै चढाइ सुरु गरे पनि अपरान्हतिर हिउँ पर्ने हुनाले शिविरमा पुग्दा दिनहुँ बाटो अवरुद्ध हुन्थ्यो । हिमपातको कारणले गर्दा हिमपहिरो आउने सम्भावना हुन्थ्यो । अन्नपूर्णको उत्तरी मोहोडा हिउँ पहिरोको खतरा हुने ठाउ मानिन्छ । मध्यान्हतिर ३० देखि ५० सेन्टिमिटर बाक्लो हिउँ पर्नाको कारण बढी खतारायुक्त अवस्था थियो । अनेकौ कठिनाइको बावजुद हर्जोग र लचेनल पाचौं शिविरमा पुगे । हर्जोगले आङ्गथार्की शेर्पालाई जुन ३ सम्म शिखर आरोहण गर्ने मौका दिएका थिए तर हिउँले उनका पैताला खाएको हुनाले आरोहण त्यागेर तल फर्के । जुन २ मा जोडसँग हावा चलेको हुनाले पाल तथा सामान तितरवितर भए । पाल तथा कपडाहरूमा हिमपात भै थुप्रो लाग्यो । त्यस रातमा उनीहरू सुत्न पाएनन । यस प्रकारको जटिल परिस्थितिले लचेनललाई विहृवल बनायो र उनी तल झर्ने विचार गरे तर हर्जगले आरोहणलाई निरन्तरता दिन अनुरोध गरे । लचेनलले हर्जोगको अनुरोध स्वीकार गरी उनकै साथमा लागे । अक्सिजन प्रयोग नगरीकन सन् १९५० जुन ३ मा ती दुवैजना अन्नपूर्ण(प्रथम)को शिखरमा पुगे । हिउँले हात तथा पैताला खाएर गम्भीर रूपमा बिमारी भए पनि अन्नपूर्ण(प्रथम)को प्रथम आरोहण सम्पन्न गरेकोमा दुवैजना प्रशन्न देखिन्थे ।
[सम्पादन गर्ने] पर्वतारोहणको ऐतिहासिक तालिका
- सन् १९५० - फ्रान्सेली नागरिक माउरिस हर्जोग (Maurice Herzog) को नेतृत्वमा ८,००० मिटरमध्येको अन्नपूर्ण प्रथम आरोहण दल पठायो । जुन ३ मा माउरिस हर्जोग र लुइस लचेनल अन्नपूर्ण(प्रथम) को शिखरमा पुगे । यो अन्नपूर्ण(प्रथम)को पहिलो आरोहण हो ।
[सम्पादन गर्ने] सन्दर्भ सामाग्रीहरू
- ↑ "Annapurna"
- ↑ "Nepal/Sikkim/Bhutan Ultra-Prominences - peaklist.org"
- ↑ H. Adams Carter (1985), "Classification of the Himalaya", American Alpine Journal (American Alpine Club) 27(59): 127–9, <http://c498469.r69.cf2.rackcdn.com/1985/109_carter_himalaya_aaj1985.pdf>. Retrieved on १ मे २०११
[सम्पादन गर्ने] यो पनि हेर्नुहोस
|
|||||||