अन्ना हजारे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्ना हजारे
Anna Hazare
अन्ना हजारे
जन्म (1937-06-15) १५ जुन १९३७ (उमेर ८६)
रालेगन सिद्धि, अहमदनगर, महाराष्ट्र
राष्ट्रियताभारतीय
अन्य नामकिसन बाबुराव हजारे
चिनारीको कारणभ्रष्टाचार विरोधी जन आन्दोलन
धर्महिन्दू
मातापितालक्ष्मीबाई हजारे
बाबुराव हजारे
पुरस्कारपद्म श्री (१९९०)
पद्म विभूषण (१९९२)
वेबसाइटwww.annahazare.org

किसन बाबुराव हजारे (मराठी: अण्णा हजारे; उच्चारण, चर्चित नाम: अन्ना हजारे, उच्चारण; जन्म : १५ जुन १९३७) एक भारतीय समाजसेवी हुन् । सन् १९९२ मा भारत सरकारले उनलाई पद्मभूषणले सम्मानित गरेको थियो । सूचनाको अधिकारको लागि कार्य गर्ने मध्येमा उनी प्रमुख व्यक्ति हुन् । जन लोकपाल विधेयक पारित गराउनका लागि अन्नाले १६ अगस्त २०११ देखि आमरण अनशन आरम्भ गरेका थिए ।

उनी भारत सरकारबाट सन् १९९२ मा उनले आफ्नो गाउँको विकासको लागि गरेको प्रयासको लागि नागरिकहरूले पाउने तेश्रो उच्च पुरस्कार पद्यम भुषणबाट सम्मानित समेत भएका थिए ।[१]

भारत सरकारलाई भ्रष्टाचार विरूद्ध कानुन लागु गर्नको लागि दबाब दिनको लागि उनले सन् २०११ अप्रिल ५ मा भोक हडताल शुरू गरेका थिए । फरेन पोलिसी पत्रिकाले सन् २०११ को उच्च १०० विश्व विचारक मध्ये एकको रूपमा उनको नाम राखेका थिए ।[२] साथै सन् २०११ मा नेशनल डेलि पत्रिकाले उनलाई मुम्बईको सबैभन्दा प्रभावशालि व्यक्तिको सूचिमा राखेको थियो ।[३]

जीवनी

अन्ना हजारेको जन्म १५ जुन १९३७ मा महाराष्ट्रको अहमदनगरको रालेगन सिद्धि गाउँको एक मराठा किसान परिवारमा भएको थियो । उनको बुवाको नाम बाबुराव हजारे र आमाको नाम लक्ष्मीबाई हजारे हो ।[४] उनको प्रारम्भिक जीवन निक्कै नै गरीबीमा बितेको थियो । उनको बुवा एक साधारण कामदार थिए र हजुरबुवा सेनामा थिए । उनको हजुरबुवाको कार्यस्थल भिङ्गनगरमा थियो । अन्नाको पूर्वजहरूको गाउँ अहमद नगर जिल्लामा स्थित रालेगन सिद्धिमै थियो। हजुरबुवाको मृत्युको सात वर्षपछि अन्नाको परिवार रालेगन आएर बसोबास थाले । अन्नाका ६ भाईहरू छन् । परिवारको आर्थिक अवस्थाको कारणलाई मध्यनजर गरेर अन्नाको फुपूले उनलाई मुम्बई लिएर गईन् । त्यहाँ उनले सात कक्षा सम्मको पढाई गरेका थिए ।

सैनिक सेवा

सन् १९६२ मा भारत-चीन युद्धपछि भारत सरकारले युवाहरूलाई सेनामा भर्ना हुने अपिल गरेपछि अन्ना सन् १९६३ मा भारतीय सेनाको मराठा रेजिमेन्टमा ड्राइभरको रूपमा भर्ती भए । अन्नाको पहिलो नियुक्ति भारतको पञ्जाबमा भयो । सन् १९६५ मा भारत-पाकिस्तान युद्धको समयमा अन्ना हजारे खेमकरण सीमामा नियुक्त थिए । १२ नोभेम्बर १९६५ मा सेनाको चौकीमाथि पाकिस्तानी हवाई बमबारीमा त्यहाँ तैनात सम्पूर्ण सैनिक मारिए ।[५] यस घटनाले अन्नाको जीवनलाई पूर्ण रूपले परिवर्तन गरेको थियो । यसपछि उनले सेनामा १३ वर्षसम्म काम गरे । उनको तैनाती मुम्बईकश्मीरमा पनि भयो । सन् १९७५ मा जम्मूमा तैनातीको समय सैनिक सेवाको १५ वर्ष पार गरेर उनले स्वैच्छिक सेवा निवृत्ति लिए र आफ्नो गाउँ रालेगन सिद्धि फर्किए । यसै गाउँलाई उनले आफ्नो सामाजिक कर्मस्थान बनाएर समाज सेवामा जुडेर काम अगाडि बढाए ।

सामाजिक कार्य

सन् १९६५ को युद्धमा मृत्युसँगको साक्षात्कार पछि उनले नयाँ दिल्ली रेलवे स्टेशनमा उनले स्वामी विवेकानन्दद्वारा लिखित एक पुस्तक कल टु द युथ फर नेसन किने । यसै पुस्तकलाई पढेर उनले आफ्नो मनमा आफ्नो जीवनलाई समाजको लागि समर्पित गर्ने इच्छा दृढ बनाए । उनले महात्मा गान्धी र विनोबा भावेद्वारा लिखित अनेकौ पुस्तकहरू पनि पढे । सन् १९७० मा उनले आजीवन अविवाहित रहेर स्वयंलाई सामाजिक कार्यहरूका लागि पूर्णतः समर्पित गर्ने सङ्कल्प गरे ।

रालेगन सिद्धि

मुम्बईमा पदस्थापनको दौरान उनको आफ्नो गाउँ रालेगन मा आउने र जाने गर्दथे । तिनीले गाउँको ढुंगा माथि बसेर गाउँ सुधार गर्ने सम्बन्धमा सोच्ने गर्दथे। सन् १९७८ मा स्वेच्छिक अवकाश लिएकर रालेगन आएर उनले आफ्नो सामानजिक कार्य प्रारम्भ गरेका थिए। उनको गाँउमा बिजुली र पानीको सार्है दुःख थियो। अन्नाले गाउँवासीहरूलाई नहर बनाउने र खाल्टो खनेर आकाशको पानी जम्मा गर्नको लागि प्रेरित गरेका थिए र उनी आफू पनि यसमा योगदान गरेका थिए। अन्नाले सुझावमा गाउँमा विभिन्न स्थानहरूमा रूखहरू रोपिएका थिए। गाउँमा सौर्य उर्जा र गोबर ग्यासबाट बिजुली उत्पादन गरिएको थियो। उनीहरूले आफ्नो जग्गा बच्चाहरूको होस्टेलको लागि दान गरेका थिए र आफ्नो अवकाश कोषबाट प्राप्न हुने रकम गाउँ विकासको लागि समर्पित गरी दिएका थिए। उनी गाउँको मन्दिरमा नै बस्ने गर्दछन् र होस्टेलमा बच्चाहरूको लागि बनाइने खाना खाने गर्दछन् । अहिले गाउँको हरेक व्यक्तिहरू आत्मनिर्भर छन्। वरिपरिको गाउँको लागि पनि यस गाउँबाट चारा, दुध आदि जाने गर्दछ। यो गाउँ आज शान्ति, सौहार्द्र एंव सहयोगको उदाहरण बनेको छ।

अन्ना रालेगन सिद्धि मा गान्धि जयन्तीको अवसरमा


सम्मान

वर्ष सम्मान सम्मान गर्ने संस्था
२०१३ अल्लाड अन्तराष्ट्रिय निष्ठा पुरस्कार ब्रिटिस कोल्मबिया विश्वविद्यालय कानुन संकाय[६]
२०११ एनडिटिभि इन्डियन अफ द इयर अरबिन्द केजरीवालसँग [७] एनडिटिभि
२००८ जित गिल मेमोरियल सम्मान[८][९][१०][११] विश्व बैङ्क
२००५ मानार्थ डक्टरेट गान्धिग्राम ग्रामिण विश्वविद्यालय
२००३ निष्ठा सम्मान[१२] ट्रान्सपरेन्सि इन्टरनेसनल
१९९९ अग्रणी सामाजिक योगदान सम्मान भारत सरकार
१९९८ केयर इन्टरनेसनल सम्मान[१२] केयर
११९७ महाभिर सम्मान[१२]
१९९६ शिरोमनी सम्मान[१२]
१९९२ पद्यम भुषण[१२] भारतीय राष्ट्रपति
१९९० पद्यमी श्री[१२] भारतीय राष्ट्रपति
१९८९ कृषि भुषन सम्मान[१२] महाराष्ट्र सरकार
१९८६ इन्दिरा प्रियादर्शिनी भ्रिकशमित्रा सम्मान[१२] भारत सरकार

व्यक्तिगत जीवन

हजारे अविवाहित हुन् । उनी सन् १९७५ देखि रालेगन सिद्धिको सन्त यादवबाबा मन्दिरसँगै भएको सानो कोठामा बस्दै आइरहेका छन् । सन् २०११ अप्रिल १ मा उनले आफ्नो बैङ्क खाताको रकम रू. ६७,१८३ तथा रू. १,५०० नगद रहेको घोषणा गरेका थिए । [१३] रालेगन सिद्धिमा ०.०७ हेक्टरको पारिवारिक जग्गा समेत उनको स्वामित्वमा रहेको छ, जुन उनको दाजुभाइहरूले प्रयोग गर्ने गर्दछन् । गाँउ तथा भारतीय सेनाले आफूलाई प्रदान गरेको दुई स्थानको जग्गा उनले गाउँलाई दान गरेका थिए । [१४]

सन्दर्भ सामग्रीहरू

  1. "Padma Bhushan Awardees", २३ अप्रिल २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Foreign Policy top 100 global thinkers", Foreign Policy, ३० नोभेम्बर २०११, अन्तिम पहुँच ३० नोभेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०११ मिति
  3. "The DNA power list: Top 50 influentials", Mumbai: DNA, २९ जुलाई २०११, अन्तिम पहुँच ३० जुलाई २०११ 
  4. अन्ना हजारे
  5. http://www.bbc.co.uk/hindi/india/2011/08/110816_anna_profile_ml.shtml
  6. ANI (३० सेप्टेम्बर २०१३), "Anna Hazare awarded inaugural Allard Prize for International Integrity in Canada", business-standard.com, Vancouver, अन्तिम पहुँच ५ अक्टोबर २०१३ 
  7. "NDTV Indian of the Year 2011", ndtv.com, अन्तिम पहुँच १९ अक्टोबर २०११ 
  8. "Anna Hazare", http://srimca.edu.in, अन्तिम पहुँच २८ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २०१३ मिति
  9. "Can a Social Activist like Anna Hazare Curtail the Supremacy of Corruption in India?", http://www.biztechreport.com, अन्तिम पहुँच २८ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २५ जुलाई २०१९ मिति
  10. "Wolfowitz and Hazare", http://www.dawn.com, अन्तिम पहुँच २८ डिसेम्बर २०१३ 
  11. "Anna Hazare, Indian green pioneer, wins World Bank award", http://twocircles.net, अन्तिम पहुँच २८ डिसेम्बर २०१३ 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ १२.५ १२.६ १२.७ "Awards", अन्तिम पहुँच २८ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ अप्रिल २०११ मिति
  13. "Anna Hazare declares bank balance of Rs 67,183 and Rs 1,500 as money in hand", The Economic Times (New Delhi), १६ अप्रिल २०११, अन्तिम पहुँच १४ जुन २०११ 
  14. "Anna Hazare, others declare assets", The Hindu (New Delhi), १६ अप्रिल २०११, अन्तिम पहुँच १४ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०११ मिति

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्