अपराजिता
नेपाली विकिपीडियाबाट
| अपराजिता | |
|---|---|
| अपराजिताको बोट | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Fabales |
| कुल: | Fabaceae |
| वंश: | Clitoria |
| प्रजाति: | C. ternatea |
| द्विपद नाम | |
| Clitoria ternatea L. |
|
अपराजिता औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।
अपराजिताको औषधीय गुणहरू [सम्पादन गर्ने]
यसको जरा तितो हुन्छ । कब्जियत, पिसाब रोकिएको, पेटभित्र अस्वभाविक तवरले पानी जमेको (Ascites) र ज्वरोमा यसको जराको सेवन गरिन्छ । कान दुखेको, कलेजोको रोग, चर्केको फुटेको (Eruptions)मा यसको पात उपयोगी मानिन्छ । दीर्घ खालको ब्रोङकाइटिसमा कफ निकाल्न यसको जराको रस खाइन्छ । कब्जियत र Viscera मा कुनै रोग लागेमा यसको बीउ उपयोगी मानिन्छ । सर्पले टोकेकोमा यसको विरुवा उपयोगी मानिन्छ । [१]
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री