अभिलाल उराव झांगड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

समानुपातिक निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट विजयी संभासद अभिलाल उराव झांगड 'सम्मान' सीमान्तकृत पिछडिएका अल्पसंख्यक तराईका आदिवासी झांगड जातिबाट संविधान सभा सदस्यमा प्रतिनिधित्व गर्नुहुन्छ।

उराव बाहेक झांगड जातिबाट संविधान सभा सदस्यमा विजयी हुनेहरूमा मधेसी जनअधिकार फोरमका अर्का एक संविधान सभा सदस्य हुनुहुन्छ। माओवादीको कोचिला राज्य समितिका सदस्य रहेका झांगड तत्कालिन नेकपा मालेले २०२९ सालमा गरेको झापा व्रिद्रोहको प्रभावले राजनीतिमा होमिनु भएको थियो।

५६ वर्षीय झांगडका चार छोरा एक छोरी छन्। ९ कक्षासम्म औपचारिक शिक्षा अध्ययन गर्नुभएका झांगडको तीन दाजुभाइ र तीन दिदीबहिनी हुनुहुन्छ। गरीब परिवारमा जन्मेकाले आफूलाई निम्न वर्गको ज्ञान छ भन्दै झांगड नया संविधान गरिबको हितमा लेखिनुपर्ने बताउनुहुन्छ।

पार्टीको निरन्तर सम्वद्धता र आफ्नो इमान्दारीताले नै पार्टी समानुपातिक तर्फविजयी बनाएको झागण्ड बताउनुहुन्छ। सीमान्तकृत पिछडिएका जाति र झांगड जातिको भाषा, शिक्षा र स्वास्थ्यको बारेमा संविधानमै लेखाउन आफूले पहल गर्ने उहाँको मुख्य एजेण्डा छ।[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा