अमृता थापा मगर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जोडी नै संविधानसभामा पुग्ने सात जोडीमध्ये एक हो अमृताको जोडी पनि। अमृतापति हितमान शाक्य सुमन काठमाडौं ६ बाट प्रत्यक्षबाट विजयी हुनुभएको छ। ०४६ देखि राजनीतिमा लाग्नुभएकी अमृता माओवादी नेवा राज्य समिति सदस्य तथा अनेमसंघ क्रान्तिकारीको महासचिव पनि हुनुहुन्छ। जनयुद्धको समयमामा मुलुकका थुप्रै जिल्लामा काम गर्नुभयो। उहाँ सुनसरी सचिवहुँदै ०५६मा क्षेत्रीय ब्युरो सदस्य हुनुभएको थियो। भारतमा रहँदा दिल्लीमा राज्य समिति सचिव, नेपाल फर्किएपछि ०६०मा उदयपुर इन्चार्ज र पछि माओवादी केन्द्रीय सदस्य पनि हुनुभयो। छिन्ताङ-सुखानी स्मृति ब्रिगेडको कमिसारसमेत रहनुभएकी अमृता दर्जनौं युद्धमोर्चामा पनि भाग लिनुभएको छ। उहाँ ०६० देखि लगातार महिला संघको महासचिव हुनुहुन्छ।
गणतन्त्रको संस्थागत विकास गर्नुका साथै महिला र जनजातिका अधिकारलाई सविधानमै सुनिश्चित गर्ने उहाँको मूल एजेण्डा छ। माओवादीको अग्रगामी कार्यदिशाका कारण र आफूले जनयुद्धमा खेलेको भूमिकाले गर्दा नै जनताले आफूलाई जिताएको उहाँको दाबी छ।[१]