अमृत लाल राजवंशी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अमृत लाल राजवंशी

राजवंशीका अनुसार मधेस आन्दोलनले नेपाली काग्रेसलाई पुर्‍याएको क्षति कम गर्न र त्यो रोक्न उहाको भूमिका उल्लेखनीय रहेको कारणले नै पार्टी उहालाई सविधान सदस्यमासमानुपातिक तर्फमनोनित गरेको हो। ४१ वर्षीय नेपालीमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका राजवंशी, नेपालमा अल्पमतमा रहेका एक लाख पचास हजार राजवंशीको प्रतिनिधित्व पनि गर्नुहुन्छ। उहा मधेसी कोटाबाट संविधान सभा सदस्यमा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो। विवाहित राजवंशीका एक छोरा र एक छोरी छन्।

२०३६ साल देखि राजनीति सुरु गरेका राजवंशी, नेपाली काङ्ग्रेस सम्वद्ध नेपाल आदिवासी जनजाति सङ्घ झापाका सभापति र जिल्ला कार्य समिति झापाका सदस्य पनि हुनुहुन्छ। आमा अमरवती राजवशी पनि नेपाली काग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। स्वर्गीय बुबा नापीलाल सिंह राजवंशीका छोरा अमृतलाल अहिलेसम्म कहिल्यै जेलनेलभोग्नुभएको छैन।

उहाको समाजिक काम, संगठनमा विस्तारमा रुचि छ भने राजनीति सगसगै कृषि पेशा पनि राजवंशीले छोड्नु भएको छैन। राजवशीले संविधान सभामा प्रतिनिधित्वहुन नसकेका जनजातिको भावना पनि आफूले प्रतिनिधित्व गर्ने र आदिवासी सबाललाई प्रमुख रूपमा उठाउने बताउनुभयो।

[१]

[सम्पादन गर्ने] सन्दर्भ


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा