अरब सागर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अरब सागर
center
स्थानसोमाली प्रायद्वीप, पश्चिमी एसियादक्षिण एसिया
निर्देशाङ्क१४°उ॰ ६५°पू॰ / १४°N ६५°E / 14; 65निर्देशाङ्कहरू: १४°उ॰ ६५°पू॰ / १४°N ६५°E / 14; 65
प्रकारसागर
मूल भागहिन्द महासागर
प्रवाहित राष्ट्रहरूभारत
इरान
माल्दिभ्स
ओमान
पाकिस्तान
सेसेल्स
सोमालिया
श्रीलङ्का
यमन
अधिकतम चौडाइ२,४०० किमी (१,५०० माइल)
सतहको क्षेत्रफल३८,६२,००० किमी (१४,९१,००० वर्ग माइल) (३,६००,००० देखि ४,६००,००० वर्ग किलोमिटर विभिन्न स्रोतहरूमा)
अधिकतम गहिराइ४,६५२ मी (१५,२६२ फिट)
टापुहरूअस्तोला टापु, बसभराज दुर्गा टापु, लक्ष्यद्वीप, मसिराह टापु, पिरम टापु, पिरोटन, सुकुत्रा
अरब सागर
आकाशबाट देखिएको अरब सागर।

अरब सागर उत्तरी हिन्द महासागरको एक क्षेत्र। यसको उत्तरमा पाकिस्तान, इरानओमानको खाडी, पश्चिममा अदनको खाडी, ग्वार्दाफुई जलपथ र अरब प्रायद्वीप, दक्षिणपूर्वमा लक्ष्यद्वीप सागर[१]माल्दिभ्स, दक्षिण-पश्चिममा सोमालिया, र पूर्वमा भारतले घेरेको छ। यसको कुल क्षेत्रफल ३,८६२,००० वर्ग किलोमिटर (१,४९१,००० वर्ग माइल) र अधिकतम गहिराइ ४,६५२ मिटर (१५,२६२ फिट) रहेको छ।[२] पश्चिममा अदनको खाडीले अरब सागरलाई बाब-अल-मान्देबको जलसन्धि हुँदै लाल सागरसँग जोडेको छ, र ओमानको खाडी उत्तर-पश्चिममा रहेको छ, जसले यसलाई फारसको खाडीसँग जोड्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

अरब सागरको सतह क्षेत्रफल लगभग ३८,६२,००० वर्ग किलोमिटर (१,४९१,१३० वर्ग माइल) रहेको छ।[३] समुद्रको अधिकतम चौडाइ लगभग २,४०० किमी (१,४९० माइल) रहेको छ र यसको अधिकतम गहिराइ ४,६५२ मिटर (१५,२६२ फिट) रहेको छ। समुन्द्रमा बग्ने सबैभन्दा ठूलो नदी सिन्धु नदी हो।

मुम्बई, भारतबाट देखिएको अरब सागर
कराची, पाकिस्तानबाट देखिएको अरब सागर

अरब सागरका दुई महत्त्वपूर्ण शाखाहरू छन् - दक्षिण-पश्चिममा अदनको खाडी, बाब-अल-मन्देबको जलसन्धि हुँदै लाल सागरसँग जोडिएको र ओमानको खाडी उत्तर-पश्चिममा, फारसको खाडीसँग जोडिएको छ। भारतीय तटमा खम्भात र कच्छको खाडी पनि यसमा जोडिएको छ। अरब सागर तेस्रो वा दोस्रो सहस्राब्दी ईसा पूर्वदेखि महत्त्वपूर्ण समुद्री व्यापार मार्गहरूमध्ये एक हो। प्रमुख बन्दरगाहहरूमा काण्डला बन्दरगाह, मुन्द्रा बन्दरगाह, पिपावाव बन्दरगाह, दाहेज बन्दरगाह, हजिरा बन्दरगाह, मुम्बई बन्दरगाह, न्हावा शेवा बन्दरगाह (नवी मुम्बई), मुरगाँव बन्दरगाह (गोवा), नयाँ मङ्गलोर बन्दरगाह र भारतको कोची बन्दरगाह, कराँची बन्दरगाह, मोहम्मद बिन कासिम बन्दरगाह र पाकिस्तानको ग्वादर बन्दरगाह, इरानको चाबहार बन्दरगाह र ओमानको सलालाहको बन्दरगाह पर्दछन्। अरब सागरका सबैभन्दा ठूला टापुहरूमा सुकुत्रा (यमन), मसिराह टापु (ओमान), लक्षद्वीप (भारत) र अस्तोला टापु (पाकिस्तान) पर्दछन्। यमन, ओमान, पाकिस्तान, इरान, भारतमाल्दिभ्स अरब सागरमा तटरेखा भएका देशहरू हुन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Banse, Karl, and Charles R. McClain. "Winter blooms of phytoplankton in the Arabian Sea as observed by the Coastal Zone Color Scanner." Marine Ecology Progress Series (1986): 201-211.
  2. Pham, J. Peter. "Putting Somali piracy in context." Journal of Contemporary African Studies 28.3 (2010): 325-341.
  3. ३.० ३.१ Arabian Sea, Encyclopædia Britannica

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:List of seas

ढाँचा:Countries bordering the Arabian Sea