अर्गली
| अर्गली | |
|---|---|
| — गाउँ विकास समिति — | |
| अर्गली | |
|
|
|
| निर्देशांक: 27°55′N 83°28′E / 27.92°N 83.47°ECoordinates: 27°55′N 83°28′E / 27.92°N 83.47°E | |
| देश | |
| अञ्चल | लुम्बिनी अञ्चल |
| जिल्ला | पाल्पा जिल्ला |
| जनसङ्ख्या (२००१) | |
| - जम्मा | ३७२३ |
| समय क्षेत्र | नेपालको प्रमाणिक समय (UTC+5:45) |
अर्गली पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सन २००१को जनगणना अनुसार ३७२३ जना ७६४ घरधुरिमा बस्दथे।[१] अर्गली गाविसमा जम्मा ९ वटा वडा रहेका छन। अर्गली पहाडहरूबाट घेरिएको सुन्दर समथर क्षेत्र हो। ख्याहा,रिडी,कालीपार यसका छिमेकि गाउँहरू हुन। कालीगण्डकी नदी अर्गली हुँदै बग्दछ भने ऐतिहासिक श्री ३ जुद्द शमसेरले बनाएको अर्गली दरवार पनि यही गाविसमा छ। अहिले अर्गली दरवारमा श्री त्रिभुवन उ.मा.वि. विद्यालय सञ्चालनमा रहेको छ। अर्गलीमा यातायात,पानी,स्वास्थ्य,संचार सबैकुराको सुबिधा पुगेको छ। सिंचाइको लागि राजकुलोको ब्यवस्था रहिआएकोले बाह्रैमासे कृषि उत्पादन हुन्छ। प्रशिद्द श्री ऋषिकेश भगवानको मन्दिर अर्गली गाउँ विकास समिति मै पर्दछ भने रूरू क्षेत्र पनि अर्गलीबाट जम्मा ५ किलोमिटर दुरिमा रहेको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको अर्गलीमा पर्यटनको राम्रो संभावना बोकेको ठाँउ हो। अर्गलीको वडा नं १ पुजेरीगाँउ हो,२ नं फोस्रान,३ नं रनुवा,५ र ६ रविदास,८ पुरानागाउँ हुन। अर्गलीमा ४वटा प्राथमिक विद्यालय,एक उच्च माध्यमिक र एक बहुमुखी क्यापस रहेको छ।
विषयसूची |
अर्गलीको नामाकरण [सम्पादन गर्ने]
अर्गलीका बुढापाका तथा जान्ने बुझ्नेहरूका अनुसार धेरै समय पहिले अर्गलीको मुस्लुक भन्ने डाँडामा रहेको सिद्धबाबाको मन्दिरमा और्व ऋषीले तपस्या गर्न आएर बसेका थिए गरे उनले बिहान बेलुका कालीगण्डकी नदीको पबित्र जलमा स्नान गरेर पुन सिद्धबाबाको मन्दिरमा आइ तपस्या गर्दथे गरे।त्यसैले और्व ऋषीले काली गण्डकी स्नान गर्न जाने समयमा गल्लीको रूपमा प्रयोग भएकोले और्व गल्लिको रूपमा प्रचलित हुन थाल्यो।पछि त्यै और्व गल्ली अपभ्रंश भइ अर्गली भएको भन्ने जनबिश्वास रहेको छ।
सुबिधाहरू [सम्पादन गर्ने]
अर्गलीमा आधारभुत सबै कुराहरूको सुबिधा रहेको छ।यातायतमा तानसेन देखि गुल्मी जील्लाको सदरमुकाम तम्धास जाने राजमार्ग अर्गलीलाइ समेटेर गएको छ।अर्गलीकै प्रत्येक वडाहरूमा बाटो स्थानिय जनताहरूको सक्रियतामा चारैतिर पुग्नुका साथै ग्राभेल पनि भएको छ।खानेपानीको सुबिधा, टेलिफोनको सुबिधा ,संचाइको सबिधा लगायत हर किसमका सुबिधाहरू पुगेको छ।केबल टेलिभिजन पनि स्थानिय जनताको सक्रियतामा चलेको हुनाले अर्गलीका जनताले देशी तथा विदेशि च्यानलहरू आफ्नो टेलिभिजनमा देख्न पाउछन।हालैका दिनहरूमा संचारको ब्यापक बिकासले हाते मोबाइले सूचना आदान प्रदान गर्न निकै साहयता गरेको छ।
अर्गलीका मठ मन्दिर [सम्पादन गर्ने]
अर्गली मठ मन्दिरहरूले धनि ठाउँ हो।यहाँ भगवती देविको मन्दिर,अष्टभुजा मन्दिर,ऋषिकेश भगवानको मन्दिर,बद्रिनाथको मन्दिर,सिद्धबाबाको मन्दिर लगायत साना ठुला धेरै मठमन्दिरहरू रहेका छन।
अर्गलीमा कृषि [सम्पादन गर्ने]
सिंचाइको लागि राजकुलो ब्यवस्था भएकोले अर्गलीमा खेतिपातिको राम्रो उत्पादन हुन्छ।अर्गलीका किसानहरूले परम्परागत खेतिपाति मात्र होइन बेमौसमी खेतीपाति पनि गर्दछन। मुख्य उब्जाउ हुने भनेको धान,मकै ,गहुँ,आलु हो।अर्गलीमा तरकाली खेतीको राम्रो उब्जाउ हुन्छ।अर्गलीमा मुख्यरूपमा उत्पादनहुने तरकालीहरूमा काउली,बन्दा,आलु,काक्रो,मुला,धनिया इत्यादि हुन भने फलफुलहुरुको पनि राम्रो उत्पादन हुन्छ।फलफुलहरूमा आँप,नास्पाती,उखु हुन मुख्यरूपमा उत्पादनहुने। यहाँ उत्पादित तरकाली रिडी,तानसेन,तम्घास,बुटवल सम्म आइपुग्दछ।खेतीपाती अर्गलीका समुदायको मुख्य पेशा हो।तरकारी खेती गरेर नै यहाँका किसानहरूले आर्थिक समविर्द्धिको बाटो समाएका प्रशश्त उदाहरणहरू पनि छन।खेतीपाती तथा तरकारी उत्पादनलाइ प्रभाकारी र उन्नत बिउ बिजनको सहयोग तथा प्राबिधिक सहयोग लुम्लेले गर्ने भएकोले पनि यहाँका किसानहरू खेतीपातीलाइ आफ्नो जीविकोपार्जनको रूपमा अगाडि बडाउन हौसिएका हुन तथा बजारको राम्रो प्रर्बधन अनि उब्जाउ भएका तरकारी र खेतीपाती यातायातको सुविधाले गर्दा खेत र बारी बाटै धुबानि हुने कारणले पनि खेतीपातिमा आर्षण बढेको अनुमान लगाउन सकिन्छ।
मौसम [सम्पादन गर्ने]
अर्गलीको मौसम मध्यम स्तरको रहेको छ। न त यहाँ अत्यधिक जाडो हुन्छ न त गर्मी नै। यहाँको तापक्रम गर्मीमा ३३-३४ डिग्री सेल्सियस सम्म पग्ने अनुमान गरिएको छ भने जाडोमा भने १४-१८ डिग्री सेल्सियस हुने गर्दछ।पानी नियमति रूपमा पर्ने गर्छ भने हावामा मध्यम स्तरको आध्रता मिश्रित हुन्छ।फाल्गुन चैतको समयमा हुरि चल्छ भने रुखहरूमा पतझर भएको पनि देख्न सकिन्छ।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
|
|||||