अर्जुन प्रसाद जोशी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अर्जुन प्रसाद जोशी

पर्वत क्षेत्र नं.१बाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित अर्जुन प्रसाद जोशी नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। उहाँ २०५६को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट सांसद चुनिनुभएको थियो र व्यवस्थापिका संसदको सदस्य समेत रहिसक्नुभएको छ। ५२ वर्षीय जोशी २०३१ सालदेखि राजनीतिमा हुनुहुन्छ। १०१५ सालमा चुनावमा उठ्न खोज्दा उमेर नपुगेको कारण पार्टीको टिकट नपाउनुभएका आफ्ना बुबाबाट प्रेरित भई राजनीतिमा लागेका जोशीले पर्वतमा पहिलोपटक नेपाली कांग्रेसको गठन हुँदा नै पार्टीको सदस्यता लिनुभएको हो। पार्टी जिल्ला सदस्य र जिल्ला सभापतिको जिम्मेदारी सम्हालिसकेका जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ। राजनैतिक यात्राका क्रममा उहाँ थुप्रै पटक पक्राउ परिसक्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर जोशी समाजसेवामा रुचि राख्‍नुहुन्छ र नेपाल रेडक्रससँग आवद्ध हुनुहुन्छ। उहाँ पर्वत स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका संस्थापक समेत हुनुहुन्छ। लोकतन्त्रप्रति आफ्नो परिवार र आफू स्वयंको दृढता तथा समर्पण एवम् विकास निर्माण प्रतिको प्रतिवद्धताले आफूलाई संविधानसभामा विजयी बनाएको उहाँको आकलन छ। संविधानसभामा उहाँले प्रमुखतासाथ उठाउने अठोट गरेका मुद्दा हुन्- कुनै पनि अधिनायकवादले टाउको उठाउन नसक्ने संवैधानिक व्यवस्था गर्ने, जात तथा वर्गको आधारमा पछि परेका समुदायलाई माथि उठाउने र अब आइन्दा यस्तो विभेदकारी अवस्था सृजना हुन नदिने वातावरण निर्माण गर्ने।

[१]

[सम्पादन गर्ने] सन्दर्भ

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा