अर्थ मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्थ मन्त्रालय
निकाय विवरण
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौ
निकाय कार्यकारी
मातृसंस्थाहरू
वेबसाइटwww.mof.gov.np
"अर्थ मन्त्रालय" को भवन

अर्थ मन्त्रालय (अङ्ग्रेजी: Ministry of Finance) नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकायहरू मध्येको एक हो। नेपालमा सर्वप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनावद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो।

राष्ट्रिय बजेट निर्माण[सम्पादन गर्नुहोस्]

अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।

उद्देश्य[सम्पादन गर्नुहोस्]

कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ।

नेपाल सरकारको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति र मार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमा व्यवस्थित गरेर साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ।

"अर्थ मन्त्रालय"

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :

  • आर्थिक एवं राजस्व नीति योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन , अनुगमन र मूल्याङ्कन,
  • आर्थिक विश्लेषण आर्थिक प्रशासन र नियन्त्रण,
  • आर्थिक साधनहरूको बाँडफाँड,
  • मुद्रा मौदि्रक नीति निर्धारण र कार्यान्वयन,
  • नेपाल राष्ट्र बैङ्क बैङ्किङ्ग वित्तीय संस्था तथा बीमा,
  • आय-व्यय विवरण बजेट,
  • राजस्व प्रशासन एवं राजस्व सङ्कलन,
  • राजस्व अनुसन्धान,
  • सामान्य मूल्य नीति,
  • सामाजिक तथा आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय,
  • आर्थिक बैङ्किङ्ग तथा मुद्रा विषयक अन्तर्राष्ट्रिय सम्मेलन,
  • वैदेशिक ऋण अनुदान तथा अन्य द्विपक्षीय एवं बहुपक्षीय सहायता,
  • विदेशी मुद्रा विनिमय तथा नियन्त्रण,
  • सार्वजनिक ऋण तथा नियन्त्रण,
  • तलब भत्ता दैनिक तथा भ्रमण भत्ता निवृत्तभरण उपदान आदि,
  • सरकारी स्वामित्वमा रहेका संस्थानको तलब भत्ता बोनस लगानी र लाभांश सम्बन्धी नीति निर्धारण,
  • विश्व बैङ्क , अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क , अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था,
  • सरकारी कोषको व्यवस्थापन सञ्चालन तथा प्रशासन,
  • लेखा नियन्त्रण,
  • महालेखा परीक्षक,
  • सार्वजनिक प्रतिष्ठानको निजीकरण,
  • कर्मचारी सञ्चय कोष,
  • नागरिक लगानी कोष,
  • अवकाश कोष,
  • सार्वजनिक संस्थानको प्रशासन नीति निर्माण समन्वय,
  • राजस्व र आर्थिक प्रशासन तालीम,
  • पूँजी बजार,
  • सार्वजनिक लगानी।

सम्बद्ध स्वायत्त संस्थाहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]