अल्मोदोबार (Portuguese pronunciation: [ɐɫmuˈðovaɾ] or [ɐɫmuˈðovɐɾ]; अरबी: المدوّر अनुवाद. अल-मुद्-वावार ) एक नगरपालीका हो । यो पोर्तुगालमा पर्दछ र यसको कुल क्षेत्रफल ७७७.९ वर्ग किमी छ र कुल आवादी ७,६५० बासिन्दाहरू छन् । यो नगरपालीका ८ क्षेत्रहरूले बनेकको छ , र बेहा जिल्लामा पर्दछ । हालका मेयर एन्टोनियो रोजारियो सेबास्टियो हुन् र उनलाई सोसियल डेमोक्रेटिक पार्टी भन्ने दलबाट जितेका हुन् । अल्मिदोबारले सहरको रूपमा फोरल(पोर्तुगाली लालमोहर)र बडापत्र) अप्रिल १७, १२८५मा पोर्तुगालका राजा दिनिसको कादेशमा , र नयाँ फोरल जुन १, १५१२, पोर्तुगालका राजा म्यानुआल प्रथम द्वारा भएको थियो ।
- आल्देइया दोस फर्नान्देस
- अल्मोदोबार
- गोमेस आयर्स
- रोजारियो
- सान्ता क्लारा -आ-नोबा
- सान्ता क्रुज
- साओ बार्नावे
- सेन्होरा दा ग्रासिया दे पाद्रोएस
अल्मोदोबार क्षेत्र अलेन्तेहो र पेनेप्लेनको बीचको संक्रमणमा अवस्थित छ जुन नगरपालीकाको उत्तरी भागमा पर्दछ , र दक्षिणमासेर्रा दो काल्देराइयो का पर्वतहरू छन् ।. इबेरियन पाइराइट क्षेत्र (IPB) जुन अलहुस्त्रेलमा सुरु हुन्छ र तल्लो अलेन्तेहो हुदै दक्षिणी स्पेन सम्म फैलिइको छ त्यो यसै नगरपालीका हुदै जान्छ ।