अवधी भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Awadhi

avadhī'

अवधी
बोलिने  स्थान: भारत , नेपाल ,फिजी, मौरिसस, ट्रिनिडाड र टोवागो
सुरुवात: 2001
प्रयोग क्षेत्र: भारत :अवधउत्तर प्रदेशका अन्य क्षेत्र ,मध्य प्रदेशका केही क्षेत्र ,बिहार र दिल्ली
नेपाल : लुम्बिनी अञ्चल्:कपिलवस्तु ,नवलपरासी,रुपन्देही; भेरी अञ्चल्:बाँके, बर्दिया
मातृभाषाप्रयोगकर्ता: ४.५ करोड
भाषा परिवार:
भारोपेली
शाखा भाषा:
गङगा पारि
मिर्जापुरी
प्रदेशी
ऊत्तरी
प्रतापगढी
थरुहट
लिपि देवनागरी (मुख्यतः),कैथी, फारसी
भाषा कोड:
आइएसओ 639-2 awa
आइएसओ 639-3 awa


अवधी (Awadhi,اودهي) भारतीय उपमहाद्विपको उत्तरी भागमा बोलिने हिन्द-आर्यन समुहको पुर्वी हिन्दी शाखाको मुख्य बोली हो । अवधी हिंदी क्षेत्र को एउटा उपभाषा हो।।अवधी भाषा' नेपालमा बोलिने एक प्रमुख भाषा हो। यो उत्तरप्रदेशको अवधको केही जिल्लामा बोलिन्छ । जनगणना २०६८ को अनुसार नेपालमा ५,०१,७५२ जनसंख्या अवधी भाषा बोल्छन्।[१] यो तथ्याङ्क अनुसार अवधी नेपालमा बोलिने भाषाहरूमध्ये एघारौं स्थानमा पर्दछ।सन २००१ को गणना अनुसार विश्वमा सबै भन्दा बढी मातृभाषी भ​एको भाषाहरु को सुचीमा यो २९ औँ स्थानमा पर्छ । अवधी भारोपेली भाषा परिवारको हो ।अवधी भाषा अवध क्षेत्रमा मात्रै सिमित छैन ।अवधी भाषाको प्रवासी विश्व भरि फैलिएका छन। केही मान्छेले यो भाषालाई सुल्तान (सम्राट)को भाषा पनि भन्ने गर्छन । अवधी लगभग ४.५ करोडजना ले बोल्छन ।"अवध" शब्दको व्यतुपत्ती "अयोध्या" बाट भएको हो। यो भाषाको लिपिहरु देवनागरी कैथी तथा मुण्डा लिपी प्रचलित छन्।अवधी भाषाको सामन्यतः लेखन प्रणाली देवनागरी वा कैथीमा हुन्छ ,कोहि ले दुइटैको मिश्रण गर्छ्न ।मुस्लिमहरुले फारसी लिपिको प्रयोग गर्छन ।


भौगोलिक वितरण[सम्पादन गर्ने]

अवधी मुख्य रुपले नेपालको पश्चिमी मधेसमा बोलिन्छ तर​ यसको ठुलो जनसंख्या भारतको उत्तरप्रदेशमा रहेको छ ।नेपाल र भारत को अतिरिक्त फिजी, मॉरीशस,मलेशिया, सूरीनाम, त्रिनिदाद, र​ गुयानामा पनि यो भाषा बोलिन्छ । अवधी लगभग ४.५ करोडले बोल्ने भाषा हो ।यसका धेरै वक्ताहरु यो भाषालाई आफ्नो पहिलो भाषा वा मातृभाषाको रुपमा प्रयोग गर्छन ।

नेपाल[सम्पादन गर्ने]

नेपालमा अवधी भाषा निम्न क्षेत्रमा बोलिन्छ :

भारत[सम्पादन गर्ने]

भारतको अवध क्षेत्रको निम्न जिल्लाहरु मा बोलिन्छ :

  • फैजाबाद
  • लखनउ
  • बाराबङ्कि
  • रायबरेली
  • ऊन्नाव
  • बहराइच
  • गोन्डा
  • श्रवस्ती
  • बलरामपुर्
  • प्रतापगढ​
  • सुल्तानपुर
  • जौनपुर
  • भदोही
  • मिर्जापुर
  • महोबा
  • अमबेड्कर नगर

दोआब र अन्य​ क्षेत्र[सम्पादन गर्ने]

  • कानपुर
  • फतेहपुर
  • कौशाम्बी
  • इलाहाबाद
  • लखीमपुर खीरी
  • सीतापुर
  • बस्ती
  • सिद्धार्थनगर

फिजी मा फिजी हिन्दी को नामले बोलिन्छ ।

साहित्य​[सम्पादन गर्ने]

वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ ।उहाँले यो किताब आफ्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो ।प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ ।रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। [२]यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो ।सन्तकविहरुमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो ।धेरै सन्तहरुले आफ्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।

प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ ।१४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे ।सूफी लेखकहरुले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।[२] मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।[२]मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परंपरा को रचनाहरु हुन्। शब्दावलीको दृष्टि बाट यो रचनाहरु हिंदू कविहरुको ग्रंथ भन्दा यो कुरामा भिन्न छन कि यिनमा संस्कृत को तत्सम शब्दहरुको त्यति प्रचुरता छैन। [३]



यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. cbs.gov.np
  2. २.० २.१ २.२ History of Hindi language, Compiled by Sanjeev Nayyar, March 2002
  3. Evolution of Awadhi (a branch of Hindi) By Baburam Saksena

बाहिरी कडीहरू[सम्पादन गर्ने]

अथवा यो हेर्नुहोस्