अशोककुमार रोकायाक्षेत्री
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
सभासद् अशोककुमार रोकाया संकल्प शहीद तथा बेपत्ता परिवारका हुनुहुन्छ भने माओवादी राज्य समिति सदस्य पनि। उहाँका एक छोरा जनयुद्धमा मारिए भने स्क्वाट कमाण्डर उहाँका एक छोरा राज्यद्वारा बेपत्ता। ०३६ देखि नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनैतिको दुनियाँमा साइत गर्नुभएका रोकाया ०३७ देखि अखिल छैठौंहुँदै वाम राजनीतिमा आउनुभएको थियो। केही वर्ष राजनीतिदेखि टाढिनुभएका रोकाया दुई वर्ष सहलेखापाल, एक वर्ष सचिव र ९ वर्ष शिक्षण गर्नुभयो। ०४९मा जनमोर्चा नेपालको तर्फबाट गाविस अध्यक्ष चुनाव हार्नुभएका रोकाया त्यसको लगत्तै उहाँ भूमिगत राजनीतिमा प्रवेश गर्नुभयो। ०५२मा खुला भएर जनमोर्चाको बाँके उपाध्यक्ष हुनुभयो। किलो सेरा टु अपरेशनसँगै फेरि भूमिगत हुनुभएको थियो। उहाँ ०४९ मै पार्टीको जिल्ला समितिमा पुग्नुभएका रोकाया ०५९ सचिव भई बाँके र बर्दियामा काम गर्नुभयो।
रुकुमको छिबाङमा ५० वर्षअघि जन्मनुभएका रोकाया आइएसममो औपचारिक अध्ययन गर्नुभएको छ। बाँकेको महादेवपुरीमा स्थायी बसोबास गर्नुहुने रोकायाकी छोरी माओवादी बाँके सदस्य र श्रीमती सल्लाहकार हुनुहुन्छ।
क्रान्तिकारी भूमिसुधारका कुरालाई सविधानमै सुनिश्चित गराउनु नै उहाँको मुख्य एजेण्डा छ।[१]