अश्वगन्धा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अश्वगन्धा
अश्वगन्धाको बोट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): एन्जिओस्पर्म
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Asterids
गण: Solanales
कुल: Solanaceae
वंश: Withania
प्रजाति: W. somnifera
द्विपद नाम
Withania somnifera
(L.) Dunal
पर्याय[१]
  • Physalis somnifera L.
  • Withania kansuensis Kuang & A. M. Lu
  • Withania microphysalis Suess.
अश्वगन्धाको बुटो

अश्वगन्धा उष्ण क्षेत्रमा पाइने बुट्यान वर्गको वनस्पति हो । यसको बोट तीनदेखि पाँच फिट अग्लो हुन्छ । झण्डै आँक जस्तो देखिने अश्वगन्धाको पात सेता झुसले ढाकेको ४ देखि ६ इन्च लामो हुन्छ । अश्वगन्धामा कार्तिक महिनामा गुच्छाको रूपमा फूल फुल्ने गर्दछ । प्राय प्रत्येक गुच्छामा ५ वटा फूल हुन्छ । यसको चोपयुक्त जरा आधा देखि एक फिटसम्म लामो एक-डेढ इन्च मोटो हुन्छ । बाहिर खरानी रंगको यसको जरा, भित्र सेतो रंगको हुन्छ । जराबाट घोडाको गन्ध आउने भएकोले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नसायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ । [२]

अश्वगन्धाको औषधीय गुणहरू[सम्पादन गर्ने]

यौन र बीर्य दुर्बलता तथा नपुंसकता, मुर्छा, भ्रम र अनिद्रा, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने, अजीर्ण-अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त बिकार आदि रोगहरुको उपचारमा यसको जराको चूर्ण सेवन गरिन्छ तथा पातलाई चिया जस्तै पकाएर खाइन्छ ।[३] यसको फलको बीउ दूधमा राख्दा दूध तत्काल दहीमा परिणत हुन्छ । यसको लेपले सुन्निएको, फोका, गाँठा-गिर्खा, दुखेको आदिको उपचार गरिन्छ । अश्वगन्धाको चुर्णले मांशपेशी तथा नसालाई शक्ति प्रदानगर्ने गर्दछ । त्यस्तै जोर्नीको बाथ लगायत सबै किसिमको बाथ, पक्षघात, साइटिका, धनुष्टंकार, युरिकएसिड यौन दुर्बलता, शुक्रकिटको कमि आदि रोगहरूको उपचारमा पनि यसको एक चम्चा चुर्णलाई दूध तथा महसँग मिलाएर दिनमा दुई पटक खाने गरिन्छ । [२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "Withania somnifera (L.) Dunal", Tropicos, Missouri Botanical Garden 
  2. २.० २.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., p. पृष्ठ-१, ISBN 978-99946-1-630-5 
  3. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरुको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री