असुरकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
असुरकोट
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा२४६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

असुरकोट अर्घाखाँची जिल्लाको पश्चिमी भेगमा पर्ने जिल्ला कै एउटा सानो नमुना गा. वि. स. हो। यो गबिसमा जिल्लाकै पहिलो खुल्ला दिशामुक्त र धुँवारहित चुलो भएको ले जिल्लाकै नमुना गा.वि.स.ले चिनिएको छ । गबिसमा तीन वटा सरकारी विद्यालयहरू छन् । यहाँका जनताहरूले बिजुली बत्ती पिउने पानी को सुबिधा पछील्लो १० वर्ष यानी २०५९बाट पूर्ण रूपले उपभोग गर्दै आएका छन् | जिल्लाको सदरमुकाम सन्धिखर्कबाट १९ किलोमिटर टाढा पश्चिम तर्फ रहेको असुरकोट राप्ती अञ्चलको प्युठान जिल्लाको सिमानामा पर्दछ । यो गबिसमा यातायात को सुबिधापूरैएक देखि नौ वडा सम्म मोटर बाटो को ब्यबस्था गरिएको छ जसमापूरैगबिसका जनताहरूले लाभ उठाउन सकिरहेका छन् । सन्धिखर्कबाट र नरपानीबाट पनि सिधा पश्चिम भेक प्युठान, रोल्पा, दाङ, सल्यान आदी जिल्लाहरूमा जानको लागि यो असुरकोट को बाटो अती उपयुक्त र छोटो दुरी रहेको छ ।

प्रमुख बस्ती[सम्पादन गर्नुहोस्]

असुरकोट को दक्षिण पश्चिम तिर पर्ने भट्टी देखि तल जोगिटारी सम्म मापूरैमगरहरूको बस्ती छ भने उत्तर पूर्व तिर नेवार, क्षेत्री, बाहुन अनि दलित जातिहरूको बस्ती छ ।

रहन सहन[सम्पादन गर्नुहोस्]

यस गा.वि.स. को जनता ९० प्रतिशत रोजगारी र पढाई को शिलशिला मा गा.वि.स. देखि बहिर छन् प्राय यहाँ युवाहरूको जमघट दशैंतिहारमा मात्र हुन्छ । यहाँका जनताहरू ९९ प्रतिशत शिक्षित अनि मिलनसार छन् गा.वि.स.मा एउटा मात्र स्वास्थ्य चौकी छ भने सुरक्षा को लागि प्रहरी चौकी अझै सम्म बसेको छैन ।

यातायात[सम्पादन गर्नुहोस्]

यातायात को कुरा गर्नु पर्दा कपिलवस्तु जिल्लाको कृष्णनगर जो नेपाल भारतको सिमानामा पर्दछ कृष्णनगरबाट हिउँद मासमा प्रत्येक दिन बिहान आठ बजे असुरकोट गबिस को वडा नम्बर-९ जोगिटारीको लागि एउटा बस छुट्ने गर्दछ उक्त बस अर्को दिन बिहान सात बजे बुटवल को लागि जोगिटारीबाट छुट्दछ जसले गर्दा गाउँका मान्छेहरू शहर र शहरका मान्छे गाउँ आवतजावत गर्नको लागि उपयुक्त बनेको छ । बाटो धेरै राम्रो छ तर यो बाटो लाई ग्रेभलिङ र पिच गर्न भने काम बाँकी नै छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]