असुरो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
असुरो
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Angiosperms
वर्ग: Eudicots
गण: Lamiales
कुल: Acanthaceae
वंश: Justicia
प्रजाति: J. adhatoda
द्विपद नाम
Justicia adhatoda
L.

यो विरुवा नेपालमा १२०० मिटर सम्मको उचाईमा विशेष गरेर बाटा , धाराको छेउछाउ र बन जंगलको किनाराको खुल्ला क्षेत्रमा पाइन्छ। यसको बुटा सामान्यतया १ मिटर अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ सम्म हुन्छ। पातको आकार अण्डाकृत देखि भालाकृत हुन्छ। पातको टुप्पा चोसो परेको हुन्छ। पातको किनारा धारिलो हुन्छ , दाँती परेको वा छिया छिया परेको हुँदैन। फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ। पूर्ण रूपले फूलेको फूल हेर्दा भ्यागुतो वा छेपारोले मुख वाएको जस्तो देखिन्छ। फूलको धोक्रो भित्रबाट पुंकेशर स्त्रीकेशर बाहिर निक्लेको हुन्छ। अरु सामान्य फूलहरूमा झैं असुरोका फूलहरू पनि प्रजनन का दुवै अंग भाले तथा पोथी एउटै फूलमा पाइन्छ। विरुवाको खासगरि प्रयोगमा आउने भाग पात हो। यो तीतो हुन्छ। यो विरुवा वर्षै भरि हरियो हुने हुनाले यसको पात बराबर संकलन गर्न सकिन्छ , तर फूल फूल्नु अघि संकलन गरेका पात बढी उपयोगी हुन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदिक प्रणाली अनुसार यो विरुवा घाँटी दुख्ने , महारोग , हृदयरोग ,दम , ज्वरो पाण्डुरोग , कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ।

  • बैज्ञानिक नाम ( ल्याटिन नाम ) : अढाटोडा भासिका (Adhatoda vasika Nees)
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा