अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज २०१५-१६
अस्ट्रेलिया
वेस्ट इन्डिज
मिति २ डिसेम्बर २०१५ – ७ जनवरी २०१६
कप्तानहरू स्टिभ स्मिथ जासन होल्डर
टेस्ट श्रृङ्खला
परिणाम ३-म्याचको श्रृङ्खला अस्ट्रेलिया २–० ले विजयी
सर्वाधिक रन एडम भोगेज (३७५) डार्रेन ब्राभो (२४७)
सर्वाधिक विकेट जेम्स पाट्टिन्सन (१३)
नथन लियोन (१३)
जोमेल वार्रिकान (५)
प्लेयर अफ द सिरिज एडम भोगेज (अस्ट्रेलिया)
बकसिङ डे टेस्टको पहिलो दिन Day

वेस्ट इन्डिजले २०१५ डिसेम्बर २ देखि २०१६ जनवरी ७ सम्म अस्ट्रेलियाको भ्रमण गरेको थियो । यस भ्रमणमा वेस्ट इन्डिजले अस्ट्रेलियासँग २ वटा भ्रमण खेल र तीन वटा टेस्ट खेल खेलेको छ ।[१]

अस्ट्रेलियाले शृङ्खला २-० ले जितेको छ । प्लेयर अफ द सिरिजको उपाधि अस्ट्रेलियाका एडम भोगेजले जितेका छन् ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

टेस्ट
 अस्ट्रेलिया[२]  वेस्ट इन्डिज[३]

वेस्ट इन्डिजका तिव्र गतिका बलर शानोन गब्रिल पहिलो टेस्टको पहिलो दिन घाइते भएका कारण टिमबाट निकालिएका छन् ।[४] उनलाई मिगौल कमिन्सले प्रतिस्थापन गरेका छन् ।[५] दोस्रो र तेस्रो टेस्टको लागि अस्ट्रेलियाले उस्मान खावाजास्टेफेन ओकीफेलाई खेलाडीको सूचीमा राखेको छ ।[६] नथन कौल्टर-नाइल अस्ट्रेलियाको घरेलु प्रतियोगिताको दौरान घाइते भएकाले उनको स्थानमा स्कोट बोलान्ड लाई टिममा समावेश गरिइएको छ ।[७]

भ्रमण खेलहरू[सम्पादन गर्नुहोस्]

प्रथम-श्रेणी म्याच: क्रिकेट अस्ट्रेलिया XI विरुद्ध वेस्ट इन्डियन्स[सम्पादन गर्नुहोस्]

२ – ५ डिसेम्बर
स्कोरकार्ड
v
२४३ (९०.५ ओभर)
डार्रेन ब्राभो ५१ (१५८)
सिमोन मिलेन्को ५/७६ (२२.५ ओभर)
४४४ (१०४.२ ओभर)
म्याथ्थु शोर्ट ७६ (११५)
जासन होल्डर ४/७६ (२२ ओभर)
२१० (५८.२ ओभर)
जासन होल्डर ६५ (९९)
कामरोन बोइस ४/८४ (२० ओभर)
१३/० (२.५ ओभर)
जाक कार्डेर* (५)
क्रिकेट अस्ट्रेलिया XI १० विकेटले विजयी ।
एल्लन बोर्डर फिल्ड, ब्रिस्बाने
Umpires: फिलिप गिल्लेस्पि (अस्ट्रेलिया) र सम नागाजस्कि (अस्ट्रेलिया)
  • वेस्ट इन्डियन्सले टस जितेर ब्याटिङ रोज्यो ।
  • वर्षाले गर्दा पहिलो दिन ६० ओभर मात्र खेल हुन सक्यो ।[८]
  • टम एन्ड्रयुज, जेम्स बाज्ले, जाक कार्डेर, जोस इन्गिल्स, रायन लीस र जेम्स पाइरसोन (क्रिकेट अस्ट्रेलिया XI) ले प्रथम-श्रेणी क्रिकेटमा डेब्यु गरे ।

भ्रमण म्याच: भिक्टोरियन XI vs वेस्ट इन्डियन्स[सम्पादन गर्नुहोस्]

१९ – २० डिसेम्बर
स्कोरकार्ड
v
३०३/८d (९० ओभर)
क्राइग ब्राथवेट ७८ (१७५)
जेरेमी हार्ट ४/९३ (१८ ओभर)
१६९/३ (५८ ओभर)
जाक हानकक ८०* (१६८)
देवेन्द्र बिशू २/६० (१८ ओभर)
खेल बराबर
सिमोन्डस स्टेडियम, गीलोङ्ग
Umpires: स्टेफिन ब्रन (अस्ट्रेलिया) र डेभिड शेपार्ड (अस्ट्रेलिया)
  • भिक्टोरियन XI ले टस जितेर फिल्डिङ रोज्यो ।
  • दुवैतर्फ १२ जना खेलाडी । (११ ब्याटिङ, ११ फिल्डिङ) ।

टेस्ट शृङ्खला (फ्राङ्क वोर्रेल ट्रफी)[सम्पादन गर्नुहोस्]

पहिलो टेस्ट[सम्पादन गर्नुहोस्]

१० – १४ डिसेम्बर २०१५
स्कोरकार्ड
v
५८३/४d (११४ ओभर)
एडम भोगेज २६९* (२८५)
जोमेल वार्रिकन ३/१५७ (२८ ओभर)
२२३ (७० ओभर)
डार्रेन ब्राभो १०८ (१७७)
जोस ह्याजिलउड ४/४५ (१८ ओभर)
१४८ (३६.३ ओभर) (f/o)
क्राइग ब्राथवेट ९४ (१२२)
जेम्स पाट्टिन्सन ५/२७ (८ ओभर)
अस्ट्रेलिया एक इनिङ र २१२ रनले विजयी ।
बेल्लेरिभ ओभल, होबर्ट
Umpires: माराइस इरास्मुस (दक्षिण अफ्रिका) र इयान गौल्ड (इङ्ल्यान्ड)
Player of the match: एडम भोगेज (अस्ट्रेलिया)
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो ।
  • दोस्रो दिन वर्षाले गर्दा खेल तीन पटक सम्म अवरुद्ध भएको थियो । अम्पायरले चाडैं टि ब्रेक गरे र टि ब्रेक पछि भने खेल सुचारु भएको थियो । त्यस्तै तेस्रो दिन पनि वर्षा भएपछि चाडैं लन्च ब्रेक गरिएको थियो तर लन्च ब्रेक पछि भने खेल सहज रूपमा सम्पन्न भएको थियो ।
  • एडम भोगेजशौन मार्श चौथो विकेटका लागि भएको ४४९ रनको साझेदारी टेस्ट क्रिकेटमा भएको सर्वाधिक धेरै चौथो-विकेट साझेदारी हो । यो साझेदारी अस्ट्रेलियाको लागि दोस्रो ठुलो साझेदारी हो भने वेस्ट इन्डज विरुद्ध सर्वाधिक धेरै रनको साझेदारी हो । अस्ट्रेलियामा खेलिएको टेस्टमा भएको यो सर्वाधिक ठुलो साझेदारी हो भने समग्र टेस्ट क्रिकेटको इतिहासमा छैटौँ ठुलो साझेदारी हो ।[९]

दोस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

२६ – ३० डिसेम्बर २०१५
स्कोरकार्ड
v
५५१/३d (१३५ ओभर)
उस्मान खावाजा १४४ (२२७)
जेरोम टेलोर २/९७ (२२ ओभर)
२७१ (१००.३ ओभर)
डार्रेन ब्राभो ८१ (२०४)
नथन लियोन ४/६६ (२९ ओभर)
१७९/३d (३२ ओभर)
स्टिभ स्मिथ ७०* (७०)
जासन होल्डर २/४९ (११ ओभर)
२८२ (८८.३ ओभर)
जासन होल्डस ६८ (८६)
मिचेल मार्श ४/६१ (१७.३ ओभर)
अस्ट्रेलिया १७७ रनले विजयी ।
मेलबर्न क्रिकेट ग्राउन्ड, मेलबर्न
Umpires: माराइस एरास्मुस (दक्षिण अफ्रिका) र च्रिस गाफ्फानिए (न्युजिल्यान्ड)
Player of the match: नथन लियोन (अस्ट्रेलिया)
  • वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।
  • पहिलो दिन वर्षाले गर्दा खेल १ घण्टा ढिलो सुरु भएको थियो ।
  • कार्लोस ब्राथवेट (वेस्ट इन्डिज) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • दिनेश राम्दिनजासन होल्डर बिच १०० रनको साझेदारी भयो जुन यो मैदानमा वेस्ट इन्डिजको लागि छैटौँ-विकेट लागि भएको सर्वाधिक ठुलो साझेदारी हो ।[१०]
  • अस्ट्रेलियाले फ्रान्क वोर्रेल ट्रफी जित्न सफल भयो । उसले २० वर्षदेखि लगातार यो ट्रफी जित्दै आइरहेको छ ।[११]

तेस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

३ – ७ जनवरी २०१६
स्कोरकार्ड
v
३३१ (११२.१ ओभर)
क्राइग ब्राथवेट ८५ (१७४)
स्टेफिन ओकिफे ३/६३ (२६.१ ओभर)
१७६/२d (३८ ओभर)
डेभिड वार्नर १२२* (१०३)
जोमेल वार्रिकान २/६२ (१५ ओभर)
खेल बराबर ।
सिड्नी क्रिकेट ग्राउन्ड, सिड्नी
Umpires: च्रिस गाफ्फानिए (न्युजिल्यान्ड) र इयान गौल्ड (इङ्ल्यान्ड)
Player of the match: डेभिड वार्नर (अस्ट्रेलिया)
  • वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोज्यो ।
  • पहिलो दिन १३:४६ मा वर्षाले खेल साढे १ घण्टा अवरुद्ध भयो । त्यसपछि टि ब्रेक लिइयो र खेल १६:०० मा सुरु भयो तर फेरि १६:५० देखि १७:३५ सम्म वर्षाले खेल अवरुद्ध भयो ।
  • दोस्रो दिन वर्षाले खेल ३९ मिनेट ढिलो सुरु भयो । पुनः वर्षा भएपछि १०:३९ देखि १२:०० सम्म खेल हुन सकेन । १२:१५ फेरि वर्षा भएपछि लन्च ब्रेक लिइयो । लन्च ब्रेक पछि १३:४२ सम्म खेल भयो तर फेरि पनि वर्षा भयो र त्यसपछि उक्त दिनको खेल हुन सकेन ।
  • वर्षको कारणले तेस्रो र चौथो दिन कुनै खेल हुन सकेन ।
  • पाँचौ दिन पनि खेल १ घण्टा ४५ मिनेट ढिलो गरी सुरु भयो । १५:३० मा पुन वर्षा भएपछि टि ब्रेक लिइएको थियो ।
  • अस्ट्रेलियामा १०० टेस्ट विकेट लिने नथन लियोन पाँचौ स्पिनर बनेका छन् ।[१२]
  • यो मैदानमा डेभिड वार्नरले सबैभन्दा तेज (८२ बल) गतिको शतक प्रहार गरेका छन् ।[१३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "First day-night Test for Adelaide Oval", ESPNCricinfo, अन्तिम पहुँच २९ जुन २०१५ 
  2. "Coulter-Nile called up for Hobart Test", ESPNcricinfo (ESPN Sports Media), १ डिसेम्बर २०१५, अन्तिम पहुँच १ डिसेम्बर २०१५ 
  3. "West Indies name Test squad to tour Australia", ESPNcricinfo (ESPN Sports Media), ११ नोभेम्बर २०१५, अन्तिम पहुँच ११ नोभेम्बर २०१५ 
  4. "Injured Gabriel out of match, may fly home", ESPNCricinfo, अन्तिम पहुँच ११ डिसेम्बर २०१५ 
  5. "Cummins replaces Gabriel in Australia", ESPNCricinfo, अन्तिम पहुँच १६ डिसेम्बर २०१५ 
  6. "Khawaja in for MCG Test, Smith out of BBL", ESPNCricinfo, अन्तिम पहुँच १२ डिसेम्बर २०१५ 
  7. "Boland called in for Coulter-Nile", Cricket Australia, अन्तिम पहुँच २२ डिसेम्बर २०१५ 
  8. "Bravo anchors West Indians on rain-affected day", ESPNCricinfo, अन्तिम पहुँच २ डिसेम्बर २०१५ 
  9. "Voges, Marsh notch up record fourth-wicket stand in Tests", ESPNCricinfo, अन्तिम पहुँच १२ डिसेम्बर २०१५ 
  10. "Partnership records", ESPNcricinfo, अन्तिम पहुँच २९ डिसेम्बर २०१५ 
  11. Australia seal 20 years of Worrell Trophy dominance
  12. "Bowling records", ESPNcricinfo, अन्तिम पहुँच ४ जनवरी २०१६ 
  13. Coverdale, Brydon (७ जनवरी २०१६), "Warner blasts 82-ball ton in inevitable draw", ESPNcricinfo, अन्तिम पहुँच ७ जनवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]