अहमदाबाद
| अहमदाबाद | |||
| अशावल की प्राचीन नगरी | |||
|
|
|||
|
|
|||
| समय मंडल: आईएसटी (यूटीसी+५:३०) | |||
| देश | |||
| राज्य | गुजरात | ||
| जिल्ला | अहमदाबाद | ||
| महापौर | कानाजी ठाकुर | ||
| म्युनिसिपल कमिश्नर | आई पी गौतम | ||
| पुलिस आयुक्त | एस के साइकिया | ||
| जनसंख्या • घनत्व |
४,५२५,०१३ (2001[update]
• २२,४७३ /कि.मी.२ (५८,२०५ /वर्ग मी.) (7th) |
||
| क्षेत्रफल • ऊंचाई (AMSL) |
२०५ कि.मी² (७९ वर्ग मील) • ५३ m (१७४ ft) |
||
|
विभिन्न कोड
|
|||
|
पाद-टिप्पणीहरु
|
|||
Coordinates: 23°02′N 72°35′E / 23.03°N 72.58°E 'अहमदाबाद गुजरात प्रदेशको सबै भन्दा ठूलो सहर हो। भारत भरीमा यो नगर सातौ स्थानमा छ। एकाउन्न लाखको जनसंख्या वाला यो सहर, साबरमती नदीको किनारमा बसेको छ। पहले गुजरातको राजधानी यही सहर नै थियो, त्यस पछि यो ठाउ गान्धीनगरलाई दिइयो। अहमदाबादलाई कर्णावतीको नामबाट पनि जानिन्छ। यस सहरको आधारशिला सन १४११मा हालिएको थियो। सहरको नाम सुलतान अहमद शाहमाथि राखिएको थियो।
विषयसूची |
[सम्पादन गर्ने] इतिहास
अहमदाबादको नाम सुल्तान अहमद शाहको नाममा राखिएको छ। सुल्तान अहमद शाहले यो सहरको स्थापना १४११ ईसवीमा गरेका थिए। यो सहरलाई भारतको मेनचेस्टर पनि मानिन्छ। वर्तमान समयमा, अहमदाबादलाई भारतको गुजरात प्रान्तको राजधानी हुनुको साथ साथ यसलाई एउटा प्रमुख औद्योगिक सहरको रूपमा जानीन्छ।
ऐतिहासिक रूपमा, भारतीय स्वतन्त्रता सङ्घर्षको समयमा अहमदाबाद प्रमुख शिविर आधार रहेकोछ। यसै सहरमा महात्मा गान्धीले साबरमती आश्रम पनि स्थापना गरे र स्वतन्त्रता सङ्घर्षमा जोडिएको थुप्रै आन्दोलनको शुरुवात पनि यहीबाट भएको थियो। अहमदाबाद बुनाईको लागि पनि धेरै प्रसिद्ध छ। यसको साथै यो सहर व्यापार र वाणिज्य केन्द्रको रूपमा धेरै नै विकसित भैरहेको छ। अङ्ग्रेजी शासनको अबधिमा,यो ठाउलाई फौजी रूपमा प्रयोग गरीन्थो। अहमदाबाद यस प्रदेशको सबैभन्दा प्रमुख सहर हो।
[सम्पादन गर्ने] भूगोल
पश्चिम भारतमा बसेको यो सहर, समुद्रबाट १७४ फुटको ऊंचाईमा स्थित छ है। सहरमा दुईबटा तालहरू छन - कंकरिया र वस्त्रापुर तालाब. साबरमती नदी गर्मीको मौसममा सूक्ने कारण, नदीको ठाउमा सफा माटो रहन्छ। वर्षाको महिनाहरू बाहेक पूरै साल गर्मीको माहौल रहन्छ। सबभन्दा उच्च तापमान ४७ डिग्री सम्म पुग्दछ र कम से कम ५ डिग्री जाडोको समय।
[सम्पादन गर्ने] प्रशासन
अहमदाबाद "नगरपालिका निगम" यस सहरलाई देख रेखको काम सम्भाल्दछ र केही भाग औडाले सम्भाल्दछ।
[सम्पादन गर्ने] पर्यटन
[सम्पादन गर्ने] काँकरिया ताल
यो तालको निर्माण कुतुब-उद्-दीनले १४५१ ईसवीमा गराएका थिए। आजको समयमा अहमदाबादका निवासीहरूको बीच यो ठाउ सबैभन्दा धेरै प्रसिद्ध छ। यो तालको चारैतिर धेरै नै राम्रा बगैचा छ। तालको बिचमा धेरै नै सुन्दर सुंदर द्वीप महल छ। जहाँ मुगल कालको समय नूरजहां र जहांगीर प्रायजसो घुम्न आउने गर्दथे।
[सम्पादन गर्ने] हाथीसिंह जैन मन्दिर
सजावटको साथ जटिल कला धातु वा काठमा कुदने कला यो मन्दिरको प्रमुख विशेषता हो। यो मन्दिरको निर्माण सफा संगमरमरमा गरीएको छ। हाथीसिंह जैन मन्दिर अहमदाबादको प्रमुख जैन मन्दिरहरूमा एक हो। यो मन्दिरको निर्माण १९ औ शताब्दीमा रिचजन मर्चेंटले गरेका थिए। यो मन्दिर उनले जैनहरूको १५ औ गुरु धर्मनाथलाई समर्पित गरेका थिए।
[सम्पादन गर्ने] जामा मस्जिद
जामा मस्जिदको निर्माण १४२३ ईसवीमा गरीयो। पश्चिम भारतमा स्थित यो अत्यधिक राम्रो मस्जिद हो। यो मस्जिद राम्रो बनोटको उदाहरण प्रस्तुत गर्दछ।
[सम्पादन गर्ने] रानी सिपरी मस्जिद
एक अर्को सुन्दर मस्जिद जो रानी सिपरीको नामले चिनिन्छ। यसको निर्माण महमूद शाह बेगडाकी रानीले १४१४ ईसवीमा गराएकी थिइन्। रानीको मृत्यु भए पछि उनको शवलाई यसै ठाउँमा गाडिएको थियो।
[सम्पादन गर्ने] गान्धी आश्रम
यस आश्रमको स्थापना महात्मा गान्धीले १९१५ ईसवीमा गरेका थिए। यहीं बाट गान्धीले दांडी यात्राको शुरूआत गरेका थिए। यसका साथै यहाँ प्रमुख भारतीय स्वतन्त्रता आन्दोलनहरूको जग पनि राखिएको थियो।
[सम्पादन गर्ने] केलिको संग्रहालय
यस संग्रहालयमा पुराना र आधुनिक ढंगका बुनाईका कारीगरी प्रदर्शित गरिएका छन्। यसका साथै यहाँ केही पुराना बुनाई मिसिन पनि राखीएका छन्। यस संग्रहालयमा संग्रहित सामान १७ औँ शताब्दी भन्दा पनि पहिलेका छन्। यसको अतिरिक्त यहाँ बुनाई सम्बन्धित एक पुस्तकालय पनि मौजूद छ।
[सम्पादन गर्ने] आवागमन
यहाँ जानको लागि सबै भन्दा उत्तम समय अक्टोबर देखि फरबरी सम्मको छ। यसको साथै नौ दिन सम्म चल्ने नवरात्रि उत्सव (अक्टोबर-नोभेम्बर)मा पनि जान सकिन्छ।
- हवाई मार्ग-
यहाँ सरदार वल्लभभाई पटेल एयरपोर्ट छ। यो प्रमुख भारतीय शहरहरूको साथै विदेशहरू जस्तै:- कोलंबो, मशकट, लन्डन र न्यूयार्कलाई पनि जोड्छ।
- रेल मार्ग-
अहमदाबाद स्टेशन देशको लगभग सबै प्रमुख स्टेशहरू सँग सीधा जोडिएको छ।
- सडक मार्ग-
अहमदाबादको दूरी मुम्बईबाट लगभग ५४५ किलोमीटर तथा दिल्ली बाट ८७३ किलोमीटर छ। यहाँ मुम्बईबाट बसद्वारा पनि जान सकिन्छ।
[सम्पादन गर्ने] पर्यटन स्थल
अहमदाबादमा भ्रमण गर्न लायक धेरै स्थलहरू छन्। यिनीहरूमा केही आधुनिक छन् तथा केही पौराणिक पनि छन्।
- गाँधी आश्रम, साबरमती
- सिद्दी सैयद जाली, खानपुर
- सरखेज रोजा, सरखेज
- कांकरीया ताल
- वस्त्रापुर ताल
- गुजरात साइन्स सीटी
- अक्षरधाम मन्दिर, गान्धीनगर
- आई मेक्स थिएटर (चलचित्रघर)
- ल गार्डन
- वैष्णोदेवी मन्दिर
- श्रीभागवत विद्यापीठ (सोला)
- अडालज वाव
- ↑ "Population Finder", 2007