आईएसबीएन
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो। संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन!, दुनियामा कसैको टेलिफोन नम्बर कसैसाग मिल्दैन, त्यसैगरी किताबैपिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन!। विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तकसम्बन्धी जानकारी प्राप्त गरिन्छ।
संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन! १९६६मा बेलायतबाट सुरु भएको हो। त्यहाका ठूला पुस्तक प्रकाशकमध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकैपिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरुवात गर्नुभएको थियो। सन! १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो। संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो। युनेस्कोलगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन!।
नेपालमा यसको सुरुवात सन! २०००को जनवरी २६ तारिखदेखि मात्र भएको हो। आईएसबीएन लिने नेपाल १५७औा राष्ट्र हो। अहिले यो सङ!ख्या १६३ पुगिसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रु. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ। आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन!।
सन! २०००मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो। त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो। चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए। त्यसपछि सन! २००४मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो। त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो। सन! २००७मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो। त्यसपछि भने हाम्रो नं. ९९३७ भयो। सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो।
पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ। एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ। नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन। यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले फ्रान्सस्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन!।