आगो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
जंगलमा लागेको आगो

आगो एक दहनशील पदार्थहरूको तीव्र अक्सीकरण हो, जिसले उष्मा, प्रकाश, र अन्य अनेक रासायनिक प्रतिकारक उत्पाद जस्तै कार्बन डाइअक्साइडपानी.[१] उत्पन्न हुन्छन्. अक्सीकरणबाट उत्पन्न ग्यास आयनीकृत भएर प्लाज्मा.[२] पैदा गर्दछन्। दहनशील पदार्थमा सन्निहित अशुद्धिका कारण ज्वालाको रंग र आगोको तीव्रतामा अंतर हुन सक्छ। सामान्य रूपमा आगो दाह पैदा गर्दछ जसमा भौतिक रूपबाट पदार्थहरूलाई क्षतिग्रस्त गर्ने क्षमता छ।

आगोको रसायन[सम्पादन गर्ने]

आगोको रसायन

जलनशील पदार्थ पर्याप्त अक्सीजनको उपस्थितिमा पर्याप्त उष्मा र श्रृंखलाबद्ध प्रतिक्रियालाई सुचारू रूपमा चलाउनमा सक्षम भएर संपर्कमा आउँछ भने आगो पैदा हुन्छ। यीनमा कुनै एकको अनुपस्थिति भएमा आगो पैदा हुन सक्दैन।

यदी आगो एक पटक बल्यो भने अथवा श्रृंखलाबद्ध प्रतिक्रिया शुरू भयो भने जब सम्म अक्सीजन र जलनशील पदार्थको उपस्थिति रहन्छ तब सम्म त्यो बल्दै रहन्छ र फैलदै रहन्छ। आगोलाई अक्सीजन र ईन्धनमा कुनै एकलाई अलग गरेर निभाउन सकिन्छ। आगोमा पानी पर्याप्त पर्यो भने ईन्धनलाई अक्सीजनको उपस्थितिमा बाधा पर्छ र आगो निभ्छ। आगोमा कार्बन-डाइअक्साइडको प्रयोगले पनि आगो निभाउन सकिन्छ। जंगलमा लागेको आगो निभाउनको लागी मुख्य ज्वालाबाट टाढा साना साना ज्वाला पैदा गरेर ईन्धनको आपूर्ति बन्द गरिन्छ।

परिचय[सम्पादन गर्ने]

अग्नि अथवा आगो रासायनिक दृष्टिबाट एक जीवजनित पदार्थहरूको कार्बन तथा अन्य तत्वहरूको अक्सीजन सँग यस प्रकारको संयोग हो जसबाट गर्मी (तातो) र प्रकाश उत्पन्न हुन्छ। अग्निको ठुलो उपयोगिता छ जाडोमा हाथ-खुट्टा तताउने देखी लगेर परमाणु बम द्वारा नगरहरूलाई एकै छिनमा भस्म गरिदिने जस्ता सबै कामहरू आगोले नै गर्छ। यसैबाट हाम्रो भोजन पाक्छ, यसकै प्रयोगले खनिज पदार्थहरूबाट धातुहरू निकालिन्छ र यसैले शक्ति उत्पादक इंजनहरू चल्दछन्। भूमिमा दबेका अवशेषहरूबाट थाह हुन्छ कि प्राय पृथ्वीमा मनुष्यको प्रादुर्भाव कालबाट नै उसलाई अग्निको ज्ञान थियो। आज पनि पृथ्वीमा धेरै जसो जंगली जातिहरू छन् जसको सभ्यता एकदम प्रारंभिक छ, तर यस्तो कुनै पनि जाति छैन जिसलाई अग्निको ज्ञान नहोस्। हिन्दू धर्ममा त आगोलाई अग्नी देवता भनेर पूजा गर्ने प्रचलन रहेको छ।

उत्पत्ति[सम्पादन गर्ने]

आदिमानवको कालमा मनुष्यले ढुङ्गाहरूलाई एक आपसमा ठोकिएर उत्पन्न भएका आगोका झिर्काहरूलाई देखे होलान्। अधिकांश विद्वानहरूको मत छ कि मानिसले सर्वप्रथम सारो ढुंगाहरूलाई एक-अर्कामा ठोकेर अग्नि उत्पन्न गरे होलान्।

घर्षण विधिबाट अग्निको उत्पत्ती गर्ने तरिका पछाडी निस्केको होला। ढुंगाहरूका हथियार बनिसके पछी उनलाई चिल्ला, चमकीला र तीव्र गर्नाको लागी रगड्ने गरे होलान्। यसरी रगड्दा जो आगोका झिर्काहरू उत्पन्न भए होलान् उसैबाट मनुष्यले अग्नि उत्पन्न गर्न घर्षण विधि निकाले होलान्।

घर्षण तथा टक्कर यी दुवै विधिहरूबाट अग्नि उत्पन्न गर्ने तरिका आजकल पनि देख्न सकिन्छ। अहिले पनि अवश्यकता परेमा इस्पात अथवा आगपाड्नु र ढुंगाको प्रयोगबाट अग्नि उत्पन्न गरिन्छ। एक विशेष प्रकारको सूखेको झुलो या कपासलाई डाँसीढुंगाको साथमा टाँसेर एक हातले समातिन्छ र इस्पातको टुक्रा अथवा आगपाड्नु अर्को हातले समातेर जोरले प्रहार गरिन्छ। यसरी टक्करबाट उत्पन्न आगोका झिर्काहरू झुलो वा कपासमा पर्दो आगो सल्किन्छ र उसलाई फुकेर अथवा फेरी मसिनो दाउरा तथा सूखेको पातहरूकौ वीचमा राखेर अग्निको विस्तार गरिन्छ।

घर्षण विधिबाट अग्नि उत्पन्न गर्ने सब भन्दा सरल र प्रचलित विधि काठको फलियामा काठको छड रगड्ने हो।

यो विधिमा काठको फलियामा एक सानो प्वाँल हुन्छ। यस प्वाँलमा काठको छडलाई मथानी जस्तै गरेर वेगसँग नचाउनु पर्छ। प्राचीन भारतनेपालमा पनि यस विधिको प्रचलन थियो। यस यंत्रलाई अरणी भनिन्थ्यो। छडको टुक्रलाई ठाडो र फलियालाई त्यार्छो गरेर चलाइने भएकाले फलियालाई अधरा र लठ्ठीलाई उतरा भनिन्थ्यो। यस विधिबाट अग्नि उत्पन्न गर्ने भारत र नेपालको अतिरिक्त श्रीलंका, सुमात्रा, आस्ट्रेलियादक्षिणी अफ्रीकामा पनि प्रचलित थियो। उत्तरी अमरीकाका भारतीय तथा मध्य अमरीकाका निवासी पनि यही विधि काममा ल्याउथे। एक पटक चार्ल्स डारविनले टाहिटी (दक्षिणी प्रशांत महासागर को एक द्वीप जहाँ स्थानीय आदिवासी मात्र बस्द छन्)मा देखे कि वहाँका निवासी यस प्रकार केही सेकंडमा नै अग्नि उत्पन्न गर्दछन्, यद्यपि उनी स्वयंले यस काममा धेरै समय सम्म परिश्रम गर्दा मात्र सफलता मिलेको थियो।

फारसको प्रसिद्ध ग्रंथ शाहनामाका अनुसार हुसेनले एक भयंकर सर्पाकार राक्षससँग युद्ध गरे र उसलाई मार्नको लागी उनले एक ठुलो ढुङ्गाले हिर्काए। त्यो ढुङ्गा त्यो राक्षसलाई नलागेर एक चट्टानमा ठोकिएर चूर भयो र यस प्रकार सर्वप्रथम अग्नि उत्पन्न भयो।

उत्तरी अमरीकाको एक दंतेकथाका अनुसार एक विशाल भैंसी दौडेको बेला उसको खुरहरूबाट जो टक्कर ढुंगाहरूमा लाग्यो त्यसबाट आगोका झिर्काहरू निस्के। यीनै झिर्काहरूबाट भयंकर डढेलो उत्पन्न भयो र यसै बाट मनुष्यहरूले सर्वप्रथम अग्नि लीए।

अग्निको मनुष्यको सांस्कृतिक तथा वैज्ञानिक उन्नतिमा धेरै ठुलो भाग रहेको छ। लैटिनमा अग्निलाई प्यूरस अर्थात्‌ पवित्र भनिन्छ। संस्कृतमा अग्निलाई पर्याय पावक भनिन्छ जसको शब्दार्थ हो 'पवित्र गर्ने वस्तु'। अग्निलाई पवित्र मानेर उसको उपासनाको प्रचलन कैयौं जातिहरूमा भयो र आज पनि छ।

सतत आगो[सम्पादन गर्ने]

अग्नि उत्पन्न गर्नमा पहिले साधारणतया यस्तो कठिनाई पर्थ्यो कि आदिकालीन मनुष्य एक पटक उत्पन्न गरिएको अग्निलाई निरंतर प्रज्ज्वलित राख्ने चेष्टा गर्दथे। यूनान र फारसका मान्छे आफ्नो प्रत्येक नगर र गाउँमा एक निरंतर प्रज्वलित अग्नि राख्ने गर्थे। रोमको एक पवित्र मंदिरमा अग्नि निरंतर प्रज्वलित राखिन्थ्यो। यदि कहिले कहिं कुनै कारणवश मंदिरको आगो निभ्यो भने ठुलो अपशकुन मानिन्थ्यो। पछी पुजारीहरू प्राचीन विधिका अनुसार पुन अग्नि प्रज्वलित गर्दथे। सन्‌ १८३० पछी सलाईको आविष्कार भएको कारण अग्नि प्रज्वलित राख्ने प्रथामा शिथिलता आयो। सलाइहरूको उपयोग पनि घर्षण विधिकै उदाहरण हो। अंतर यति मात्र छ कि उसमा फास्फोरस, शोरा आदिको शीघ्र जलनशिल मिश्रणको उपयोग हुन्छ। प्राचीन मनुष्य जंगली जानवरहरूलाई भगाउन, या उनबाट सुरक्षित रहनको लागी अग्निको उपयोग सधैं गरिरहन्थे होलान्। उनीहरू जाडोमो आफुलाई आगोबाट तातो राख्ने गर्थे। वस्तुत जब-जब जनसंख्या बढ्यो, मानिस आगोकै सहारा अधिकाधिक चिसो देशहरूम गएर बस्न थाले। आगो, तातो कपडा र घरहरूकै कारण मानिस यस्तो चिसो देशहरूमा रहन सक्छन् जहाँ शीत ऋतुमा उनलाई जाडोबाट कष्ट हुदैन र जलवायु अधिक स्वास्थ्यप्रद रहन्छ।

विद्युत कालमा आगो[सम्पादन गर्ने]

मोटरको इंजनहरूमा पेट्रोल जलाउनको लागी बिजुलीको झिर्काहरू (स्पार्क)को उपयोग हुन्छ, किनकी यस्ता झिर्काहरू अभीष्ट क्षणमा नै उत्पन्न गर्न सकिन्छ। घरमा कहिले कहिं बिजुलीका तारमा खराबी आएपछी (शर्ट सर्किट) बाट आगो लाग्न सक्छ। लेंस (लेन्ज) तथा अवतल (कनकेव) दर्पणबाट सूर्यको प्रकाशहरूलाई एकत्रित गरेर पनि अग्नि उत्पन्न गर्न सकिन्छ। ग्रीस तथा चीनको इतिहासमा यी विधिहरूको उल्लेख छ।

आगो निभाउने[सम्पादन गर्ने]

आगो निभाउनको लागी साधारणतया सब भन्दा राम्रो उपाय पानी छर्कनु हो। बालुवा अथवा माटो हाल्नाले पनि सानो आगो निभाउन सकिन्छ। टाढाबाट आगोमा पानी छर्कनको लागी रकाबदार पंप राम्रो हुन्छ। सानो-तिनो आगोलाई थाल अथवा कोसीले ढाकेर पनि निभाउन सकिन्छ।

आरम्भमा आगो निभाउन सरल हुन्छ। आगो बढेमा उसलाई निभाउन कठिन हुन्छ। प्रारंभिक आगोलाई निभाउनको लागी यंत्र पाइन्छ। यो यंत्र फलामको जस्तापाताको भाँडो हुन्छ, जसमा सोडा (सोडियम कारबोनेट)को घोल रहन्छ। एक शीशीमा अम्ल रहन्छ। भाँडोमा एक किला हुन्छ। ठोक्दाखेरी त्यो भीत्र घुसेर अम्लको शीशीलाई फोरिदिन्छ। तब अम्ल सोडाको घोलमा पुगेर कार्बन डाइआक्साइड ग्यास उत्पन्न गर्छ। यसको दाबबाट घोलको धारा वेगसँग बाहिर निस्किन्छ र आगोमा हाल्न सकिन्छ।

धेरै राम्रो आगो निभाउने यंत्रहरूबाट साबुनको झाग (फेन) जस्तै झाग निस्किन्छ जसमा कार्बन डाइआक्साइड ग्यासका बुलबुलाहरू हुन्छन्। यीनिहरू बल्न लागेको वस्तुमा पुगेर उसलाई यस प्रकार ढाक्छन् कि आक्सीजनको कमीको कारण आगो निभ्छ। माथिको कीलालाई ठोक्नाले भीत्र अम्ल (तेजाब)को शीशी फूट्छ जो भाँडो भीत्र भरिएको सोडाको घोलसँग प्रतिक्रिया गरेर कार्बन डाइआक्साइड ग्यास बनाउछ। यस ग्यासको दाबबाट घोलको वेगवती धारा निस्किन्छ।

यसको मुखमा पानीले भरीएको बाल्टीनमा हालेर रकाबलाई खुट्टाले दबाएर हैंडल चलाएमा टुटीबाट पानीको धारा निस्किन्छ जसले गर्दा टाढैबाट आगोमा हाल्न सकिन्छ।

गोदाम, पसल आदिमा स्वचालित सावधान (ऑटोमैटिक अलार्म) लगाउनु उत्तम हुन्छ। आगो लाग्ने बित्तिकै घंटी बज्न थाल्छ। जहाँ टेलीफोन रहन्छ त्यहाँ यस्तो प्रबंध हुन सक्छ कि आगलागी हुने बित्तिकै आफै अग्निदल (फायर ब्रिगेड)लाई सूचना मिलोस्। यस भन्दा पनि त्यो यंत्र हुन्छ जसमा आगलागी भएमा पानीको फोहारो आफै निस्किन्छन्।

प्रत्येक ठुला शहरमा सरकारबाट एक अग्निदल (फायर ब्रिगेड) हुन्छ। यसमा वैतनिक कर्मचारी नियुक्त रहन्छन् जसको कर्तव्य नै आगो निभाउने हुन्छ। आगलागीको सूचना मिल्ने बित्तिकै यिनीहरू गाडीमा अग्नि स्थानमा पुग्छन् र आफ्नो कार्य गर्छन्। साधारणतया आगो निभाउनको लागी आवस्यक सबै समान उनको गाडामा नै हुन्छ जस्तै पानीले भरीएको टंकी, पंप, कैनवसको पाइप (होज), यस पाइपको मुखमा लगाउने टुटी (नाजल), भरेङ (जो बिना पर्खालको सहारामा तेरछो राख्न सकिन्छ र इच्छानुसार तल, माथी अथवा सिधा घुमाउन सकिन्छ), बिजुलीको तेज प्रकाश र लाउडस्पीकर आदि। जहाँ पानीको पाइप त्यहाँ एक अन्य लारीमा मात्र पानीको ठुलो टंकी हुन्छ। कैयौं विदेशी शहरहरूमा सरकारी प्रबंधको अतिरिक्त बीमा कंपनिहरूले आगो निभाउनको लागी आफ्नो निजी प्रबंध पनि राख्छन्। जहाँ सरकारी अग्निदल हुदैनन् त्यहाँ बहुधा स्वयंसेवहरूको दल हुन्छ जो वचनबद्ध रहन्छ कि टोलमा आगो लागेमा तुरन्त उपस्थित हुनेछन् र उपचार गर्नेछन्। बहुधा सरकारको तर्फबाट उनीहरूलाई शिक्षा मिलेको हुन्छ र आवश्यक सामान पनि उनीहरूलाई सरकारबाट नै उपलब्ध हुन्छ। आगलागी भएमा तुरन्त अग्निदललाई सूचना दिनु पर्छ (भए सम्म त टेलीफोनबाट ), र तुरन्त स्पष्ट शब्दमा भन्नु पर्छ कि आगलागी कहाँ भएको छ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Glossary of Wildland Fire Terminology, National Wildfire Coordinating Group, November 2008, <http://www.nwcg.gov/pms/pubs/glossary/pms205.pdf>. Retrieved on १८ डिसेम्बर २००८ 
  2. Helmenstine, Anne Marie, What is the State of Matter of Fire or Flame? Is it a Liquid, Solid, or Gas?, About.com, <http://chemistry.about.com/od/chemistryfaqs/f/firechemistry.htm>. Retrieved on २१ जनवरी २००९