आठ-हजारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आठ हजारीको अर्थ समुद्र सतहबाट ८००० मिटर भन्दा अग्लो पहाडहरू भन्ने हुन्छ । विश्वमा ८,००० मिटर (२६,२४७ फिट) भन्दा बढी उचाईका कुल १४ वटा हिमालहरु अवस्थित छन् । ती सबै एशियाको हिमालयकाराकोरम पर्वत श्रृंखलाहरूमा अवस्थित छन्।

अल्बर्ट एफ. मम्मेरी र जे. नरम्यान कोली मिलेर काश्मिर क्षेत्र (हाल पाकिस्तान) को नाङ्गो पर्वतमा सन १८९५ मा ८,००० मिटरमाथिको हिमाल आरोहणको पहिलो रेकर्ड बनाएका थिए । तर, दुर्भाग्य, आरोहणकै समयमा हिमपहिरोमा परी मम्मेरी तथा दुई गोर्खाली रघुविर र गोमन सिंहको मृत्यु भएपछि यो अभियान असफल भयो ।

८,००० मिटरमाथिको हिमाल आरोहणको पहिलो सफल अभिलेख मौरिस हर्जोग र लुइस लाचेनले बनाएका थिए । उनीहरुले सन १९५० जुन ३ का दिन अन्नपूर्ण शिखरको चुचुरो चुमेका थिए ।