आदि पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आदिपर्वबाट अनुप्रेषित)

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

महाभारतका आदि पर्वका अन्तर्गत कुल १९ उपपर्व र २३३ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
आदिपर्व १-१९
  • अनुक्रमणिका पर्व
  • पर्वसंग्रह पर्व
  • पौष्य पर्व
  • पौलोम पर्व
  • आस्तीक पर्व
  • अंशावतार पर्व
  • सम्भाव पर्व
  • जतुगृह पर्व
  • हिडिम्बवध पर्व
  • बकवध पर्व
  • चैत्ररथ पर्व
  • स्वयंवर पर्व
  • वैवाहिक पर्व
  • विदुरागमन राज्यलम्भ पर्व
  • अर्जुनवनवास पर्व
  • सुभद्राहरण पर्व
  • हरणाहरण पर्व
  • खाण्डवदाह पर्व
  • मयदर्शन पर्व।
२२७/७९००

आदि पर्व महाभारतका अठार पर्वहरू मध्येको पहिलो पर्व हो । "आदि" संस्कृत शब्द हो जसको अर्थ "प्रथम"/"पहिलो" वा "सुरूको" हुन्छ । आदि पर्वका १९ उप-पर्व र २३६ अध्याय छन् । यसको पछिल्लो संस्करणमा १९ उप-पर्व र २२५ अध्याय छन् ।

आदि पर्वले तक्सिलामा वैसमपायनले जनमेजयको सर्पसत्रमा गरेको वाचन पछि कसरी यो महाकाव्य (महाभारत) लाइ उग्रस्रभ सौतीले नैमिसा जङ्गलमा भेला भएका ऋषिहरूलाइ वाचन गरेर सुनाए भन्ने कुराको वर्णन गर्छ । आदि पर्वमा महाभारतको महत्त्व वर्णन गरेको पाइन्छ । भरत र भृगुहरूको इतिहाँस छ यसमा । कुरू राज्यका राजकुमारहरूको जन्म र जीवनका साथै धृतराष्ट्रले पाण्डवहरूमाथी गरेको टोकेसो पनि यहाँ सम्मिलित छ ।

आदि पर्वका प्रारम्भमा महाभारतका पर्वहरू, उपपर्वहरू र तिनको विषयहरूको संक्षिप्त सङ्ग्रह छ। यसमा सर्वप्रथम महर्षि उत्तंगको महात्म्य, भृगुवंशको विस्तार , नागहरूको वंश, कद्रू र विनताको कथा, देताहरू-दानवहरू द्वारा समुद्र मंथन, जनमेजयका सर्पसत्रको सूचना,व्यास आदिको उत्पत्ति, देवताहरूका अंशावतरण, दुष्यन्त-शकुन्तलाको कथा, भरतको चरित्र, ययातिका चरित्रको वर्णन, शन्तनु र गङ्गाको कथा, महर्षि वसिष्ठदेखि शापित वसुहरूको भीष्मका रूप माको जन्म, भीष्म प्रतिज्ञा, कौरव तथा पाण्डवको उत्पत्ति, लाक्षागृहको वृत्तान्त, हिडिम्बको वध र हिडिम्बाको विवाह, बकासुरको वध, धृष्टद्युम्नद्रौपदीको उत्पत्ति, द्रौपदी-स्वयंवर र विवाह, पाण्डवको हस्तिनापुरमा आगमन, सुन्द-उपसुन्दको कथा, नियम भंगका कारण अर्जुनको वनवास, सुभद्राहरण र विवाह, खाण्डव वनको दहन र इन्द्रप्रस्थको स्थापना वर्णित छ।

चित्र दीर्घा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]