आभास

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
यो लेख वा खण्डले कुनै श्रोत खुलाएको छैन।
कृपया यो लेख सुधार्नभरपर्दो श्रोत खुलाएर सहयोग गरिदिनुहोला। (सहायता, संलग्न हुनुहोस्!)
श्रोत खुलाएर पुष्टि नगरिएका सामाग्रिलाई चुनौती गर्न वा हटाउन सकिने छ।


आभास नेपालका एक प्रसिद्ध संगीतकार, गायक तथा कवि हुन् । आभास र साथीहरु मिलेर संचालित पलेँटी शृंखलाले नेपाली संगीतमा उच्च योगदान पुगेको छ । सानैदेखि संगीतका जिज्ञासु, चेतनशील छात्र र साधक आभास, सच्चा कलाकारमा हुनुपर्ने धैर्यताका नमुना हुन् । नेपाल र भारतका आदरणीय र प्रशंसनीय गुरुसित प्रशिक्षित आभास, नेपाली अधुनिक संगीतका प्रणेता आदरणीय अम्बर गुरुङसित बिताएको दशकलाई बढी महत्वपूर्ण ठान्छन् । आभासले कलाकारिताको प्रारम्भ सामाजिक चेतनाका निम्ति क्रियाशील प्रतिनिधि संगीत-समूह, 'संकल्प' र 'आस्था'मा रहेर गरेका हुन् । त्यहाँ रहँदा 'राल्फा' कालका प्रतिष्ठित कलाकार रामेश, मञ्जुल, अरीम लगायत नयाँ पुस्ताका अनेकौं कलाकारसित अन्तरङ्ग सङ्गत गरेको अनुभव छ आभाससित ।

आभास आफै संगीतका महत्वपूर्ण तीनवटै विधा गीत रचना, संगीत सिर्जना र गायनका कुशल सिल्पकार हुन् ।


कवि- आभास

संगीतकार- आभास

गायक- आभास


जुनसुकै नामले सम्बोधन गरे पनि समालोचकहरुको जिज्ञासालाई उनी सन्तुष्ट तुल्याउन सक्षम छन् ।

लामो सांगीतिक यात्रा तय गरेका आभासले नेपाल र युरोपमा आफ्ना एकल प्रस्तुतिद्वारा कला-पारखीहरुको मन जितेका छन् ।

आभासको संगीतिक बिधा नेपाली आधुनिक Nepali Contemporary… अन्तरगत पर्दछ ।


वर्तमान समयमा संगीत प्रविधिको मूलधारबाट हराइसकेको one take analogue recording प्रविधि र acoustics (बाजाको मौलिक आवाज) मा रहेको कर्णप्रियतासित पनि पुनर्मिलन गराउने उद्देश्य आभासले लिएका छन् । श्रोत: आभासको कार्यक्रम आयोजक संस्था- नेपा-लयको प्रकाशित सामग्रीबाट