आमोद प्रसाद उपाध्याय
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
आमोद प्रसाद उपाध्याय
मोरङ,आमगाछीका पुराना राजनैतिकर्मी आमोदप्रसाद उपाध्याय मोरङ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। आधा शताब्दी अघि राजनीति शुरु गरेका ७४ वर्षीय उपाध्याय २०५६ सालको संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। उहाँ पुनर्स्थापित व्यवस्थापिका-संसदमा समेत क्रियाशील हुनुहुन्थ्यो। २०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देदि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री रहनुभयो। राजनैतिक संघर्षका क्रममा पटक-पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बिताउनुभएको छ। हाल उहाँ नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य हुनुहुन्छ। भारतबाट राजनीतिशास्त्रका स्नातक उपाध्याय दुई छोरा,एक छोरीका पिता हुनुहुन्छ। समाजसेवा र अध्ययनमा विशेष रुचि राख्ने उहाँका लेख-रचना लामो समयदेखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। जनतासँगको निकट सम्बन्ध र नेपाली कांग्रेसको समाजवाद तथा बहुदलीय लोकतन्त्रप्रतिको प्रतिबद्धताले आफूलाई संविधानसभा निर्वाचनमा विजयी बनाएको उहाँको आकलन छ। सभासद उपाध्यायले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका प्रमुख दुई मुद्दा हुन् - क. सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने, ख. राज्यको पुनः संरचना गर्ने।